back
CTIZAN AD

भेरी अञ्चल अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाइने – उप्र यादव

वि.सं.२०७६ भदौ ३ मंगलवार

744 

shares


३ साउन, काठमाडौँ । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु गरिसकिएको जानकारी दिए । उपप्रधानमन्त्री यादवले भेरी अञ्चल अस्पताललाई भविष्यमा शिक्षण अस्पताल बनाउन सकिने पनि बताए ।

बैठकमा सांसद महीन्द्रराय यादवले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा कहिलेसम्ममा पु¥याइँदैछ भनी प्रश्न गरेका थिए।

सांसद प्रेम सुवालले प्रधानमन्त्री स्वास्थ्योपचारका लागि सिङ्गापुर गएको प्रसङ्ग उठाउँदै नेपालमा सबै रोगको उपचारको व्यवस्था गर्न सकिँदैन र भनी पूरक प्रश्न गरेका थिए। जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएको र भइरहेको बताउँदै यहीँका चिकित्सकको सिफारिसमा प्रधानमन्त्री उपचारका लागि सिङ्गापुर गएको स्पष्ट पारे।

उपप्रधानमन्त्री यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई स्तरोन्तति गर्ने सम्बन्धमा सो अस्पताललाई आधार बनाएर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन आदेश आइसकेको जानकारी दिए। सोहीअनुसार बजेट पनि विनियोजन भइसकेको उनको भनाइ थियो ।
सांसद प्रेम सुवालले सर्वसाधारण जनताको उपचारका लागि सरकारले सञ्चालन गर्दै आएको वीर, शिक्षण, कान्ति, प्रसूतिलगायत अस्पतालका उपकरण उपयोग नहुने र बिग्रिएको उपकरण समयमा मर्मत नहुने तर त्यहीँकै विशेषज्ञ चिकित्सक निजी महँगा अस्पतालमा काम गर्ने तथा गरीब बिरामीले उपचारको लागि घरखेत बेच्नुपर्ने स्थिति कहिले अन्त्य होला भनी प्रश्न गरेका थिए।

जवाफमा उपप्रधानमन्त्री यादवले उक्त अस्पतालमा जनताको सहज उपचारका लागि विभिन्न व्यवस्था गरिएको बताउँदै सिटी स्क्यानलगात उपकरण चालू अवस्थामा रहेको बताए। उनले ती अस्पतालमा विशिष्टीकृत सेवासहित स्तरोन्नति गर्न विभिन्न योजना अघि बढाइएको जानकारी गराए ।

एक चिकित्सक एक अस्पताल
सरकारी अस्पतालका विशिष्टीकृत चिकित्सक निजी अस्पतालमा काम गर्ने प्रवृत्ति रोक्न एक चिकित्सकले एक अस्पतालमा मात्र काम गर्न पाउने कानूनी व्यवस्था गरी लागू गरिएको उपप्रधानमन्त्री यादवले जानकारी दिए । सांसदका प्रश्नको जवाफ दिँदै उनले नेपालमा खपत हुने कूल औषधिमध्ये करीब ४० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुने गरेको र बाँकी बाहिरबाट आयात भइरहेको तथा नेपालमा बन्ने औषधिको अधिकांश कच्चा पदार्थ चीनबाट आयात हुने गरेको उनको भनाइ थियो ।

सांसद महेश बस्नेतले गरेको पूरक प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले भक्तपुर क्यान्सर अस्पतालमा भएको भनिएको अनियमितताका सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र सो अस्पताल सञ्चालन गर्ने संस्थासँगको समन्वयमा आवश्यक कारवाही अघि बढाइने बताए । बैठकमा उपप्रधानमन्त्री यादवले उपचार गर्न विदेशिने क्रम रोक्नका लागि कानूनी प्रावधान छैन भन्दै आँखाको रोगको उपचारमा धेरै विदेशी नेपाल आउने गरेको बताए। (रासस)

वि.सं.२०७६ भदौ ३ मंगलवार १६:४६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...