back

एनआरएनए युकेका विजनेश विभाग प्रमुखका कारण थुप्रै लाहुरेको रुवावासी

वि.सं.२०७६ भदौ ४ बुधवार

570 

shares
GLOBAL IME AD
NTC AD

४ भाद्र, काठमाण्डौं । विदेशी भूमिमा पुगेर नेपालका भूपु हवल्दारले उताका भूपु लाहुरेमागि ठगी धन्दा नै चलाए । जब उनी वेपत्ता भए, अनि हल्लि खल्ली सुरु भयो । लन्डनस्थित एनआरएनए युकेको विजेनेश विभाग प्रमुद गंगा राना नेपालीकै पैसा हजम पारेर वेपत्ता हुुँदा थुप्रै नेपालीको रुवावासी चलेको छ ।

उनले युटियल कम्पनीको निर्देशक हुँदा एकसय २४ जना शेयर होल्डर र शेयरहोल्डरभित्रकै पाँचजनाबाट थप ऋण लिई तीन लाख ५६ हजार नौ सय ७० पाउण्ड (करिब ५ करोड १७ लाख रुपैयाँ) हिनामिना गरेको बताइन्छ ।

गंगाले नेत्र खरेलबाट ३५ हजार, रामकाजी गुरुङबाट ३५ हजार, ज्योती ठकुरीबाट १८ हजार, श्रीराम थापासँग ३० हजार र अन्यसँग १४ हजार पाउण्ड अतिरिक्त ऋण लिई एक लाख ३२ हजार चारसय तीन पाउण्ड हिनामिना गरेको पनि बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ ।

शेयर होल्डरमध्ये ८० प्रतिशतले २५ सय पाउण्डका दरले र बाँकीले हजारदेखि सउ पाउण्डसँम तिरेका थिए । करिब ८० प्रतिशत शेयर होल्डरहरु सोझा व्रिटिश लाहुरे हुन् । गंगा नेपाल प्रहरीका पूर्व हवल्दार हुन् । उनले युटिएल कम्पनी मातहत लन्डन साउथ ह्यारोमा चौतारी रेष्टुरेण्ट, एभरेण्ट क्यास एण्ड क्यारी, चौतराी टु, चौतारी थ्री, चौतारी फोरजस्ता रेष्टुरेण्ट खरिद गरेको भन्दै शेयर होल्डरहरुलाई ढाटेर करोडौं रकम घोटाला गरेको आरोप छ ।

मनोमानी ढंगले शेयर होल्डरहरुसँग रेष्टुरेण्ट किन्दै जाने तर पैसा नदिने गरेका थिए । रेष्टुरेण्ट संचालकलाई पनि झुक्याएर खरिद गरेको पैसा नदिएपछि अन्तिममा व्यवसाय नै फिर्ता हुँदै गएको र चरम घाटामा देखाएको शेयर होल्डरहरुले बताएका छन् । उनले लायोनेस कम्पनीबाट युटिएललाई मिलियन पाउण्ड नाफा आउने र शेयर होल्डहरुलाई ‘फाइनान्सियल फ्रिडम गराउने’ भन्दै पैसा उठाएका थिए । ठगिनेमा बेलायतका मात्र नभई बेल्जियम र जर्मनीका एनआरएनए नेता समेत छन् ।

वि.सं.२०७६ भदौ ४ बुधवार ०७:४६ मा प्रकाशित

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा...

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

काठमाडौँ । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न...

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक...

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...