back
CTIZAN AD

एनआरएनए युकेका विजनेश विभाग प्रमुखका कारण थुप्रै लाहुरेको रुवावासी

वि.सं.२०७६ भदौ ४ बुधवार

1.1K 

shares

४ भाद्र, काठमाण्डौं । विदेशी भूमिमा पुगेर नेपालका भूपु हवल्दारले उताका भूपु लाहुरेमागि ठगी धन्दा नै चलाए । जब उनी वेपत्ता भए, अनि हल्लि खल्ली सुरु भयो । लन्डनस्थित एनआरएनए युकेको विजेनेश विभाग प्रमुद गंगा राना नेपालीकै पैसा हजम पारेर वेपत्ता हुुँदा थुप्रै नेपालीको रुवावासी चलेको छ ।

उनले युटियल कम्पनीको निर्देशक हुँदा एकसय २४ जना शेयर होल्डर र शेयरहोल्डरभित्रकै पाँचजनाबाट थप ऋण लिई तीन लाख ५६ हजार नौ सय ७० पाउण्ड (करिब ५ करोड १७ लाख रुपैयाँ) हिनामिना गरेको बताइन्छ ।

गंगाले नेत्र खरेलबाट ३५ हजार, रामकाजी गुरुङबाट ३५ हजार, ज्योती ठकुरीबाट १८ हजार, श्रीराम थापासँग ३० हजार र अन्यसँग १४ हजार पाउण्ड अतिरिक्त ऋण लिई एक लाख ३२ हजार चारसय तीन पाउण्ड हिनामिना गरेको पनि बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ ।

शेयर होल्डरमध्ये ८० प्रतिशतले २५ सय पाउण्डका दरले र बाँकीले हजारदेखि सउ पाउण्डसँम तिरेका थिए । करिब ८० प्रतिशत शेयर होल्डरहरु सोझा व्रिटिश लाहुरे हुन् । गंगा नेपाल प्रहरीका पूर्व हवल्दार हुन् । उनले युटिएल कम्पनी मातहत लन्डन साउथ ह्यारोमा चौतारी रेष्टुरेण्ट, एभरेण्ट क्यास एण्ड क्यारी, चौतराी टु, चौतारी थ्री, चौतारी फोरजस्ता रेष्टुरेण्ट खरिद गरेको भन्दै शेयर होल्डरहरुलाई ढाटेर करोडौं रकम घोटाला गरेको आरोप छ ।

मनोमानी ढंगले शेयर होल्डरहरुसँग रेष्टुरेण्ट किन्दै जाने तर पैसा नदिने गरेका थिए । रेष्टुरेण्ट संचालकलाई पनि झुक्याएर खरिद गरेको पैसा नदिएपछि अन्तिममा व्यवसाय नै फिर्ता हुँदै गएको र चरम घाटामा देखाएको शेयर होल्डरहरुले बताएका छन् । उनले लायोनेस कम्पनीबाट युटिएललाई मिलियन पाउण्ड नाफा आउने र शेयर होल्डहरुलाई ‘फाइनान्सियल फ्रिडम गराउने’ भन्दै पैसा उठाएका थिए । ठगिनेमा बेलायतका मात्र नभई बेल्जियम र जर्मनीका एनआरएनए नेता समेत छन् ।

वि.सं.२०७६ भदौ ४ बुधवार ०७:४६ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...