back
CTIZAN AD

दर्जनौ पटक हिमाल चढेका एक्ला रामबहादुर खुट्टा काटिएपछि बेसहारा

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.1K 

shares

८ मङ्सिर,लमजुङ (बेसीसहर) । सिम्पानीका रामबहादुर परियारले दर्जनौ पटक हिमाल चढ्नुभएको छ । विदेशीको भारी बोकेर कयौंपटक हिमालपारि पुग्नुभयो । अहिले उहाँको शरीरमा शक्ति छैन, सहारा दिने पनि कोही छैनन् । भरिया बनेको बेला हिउँमा डुबेको खुट्टाले अहिले पीडा दिएको छ ।

एउटै खुट्टा दुई पटकसम्म काटिएपछि सिम्पानीका रामबहादुर परियार अहिले बिचल्लीमा पर्नुभएको छ । भारी बोकेर हलो जोतेर जवानी बिताउनुभएका रामबहादुर बेसहारा बन्नुभएको छ ।

“चार वर्षअघि हिँउले खुट्टा खाएर सानो घाउ भएको थियो”, रामबहादुरले भन्नुभयो, “यति धेरै दुःख पाइएला भन्ने लागेको थिएन, खुट्टा गुमाउनुपर्छ भनेर सोचेको पनि थिइनँ, अहिले एउटै खुट्टा दुईपटकसम्म काट्नु प¥यो ।” “बल छँदै मजदुरी गरेर कमाएको धनले बुढेसकालमा आराम गरौँला भन्ने सोचेको थिएँ, तर अकल्पनीय दुःख पाएँ”, आँखाभरि आँसु पार्दै परियारले भन्नुभयो ।

परियारको दाँहिने गोडाको घुँडाभन्दा केही तल सामान्य घाउ भयो, उहाँले सामान्य घाउ भनेर केही वास्ता गर्नु भएन । घाउ निको भएन, तर झन् ठूलो भयो । अन्ततः अस्पताल आउन बाध्य हुनुभयो । चिकित्सकले शल्यक्रिया गरेर खुट्टा नै काटिदिए । बैसाखीको सहारामा हिँड्दै आउनुभएका ५५ वर्षीय रामबहादुरको परिवारमा कोही छैनन् । आमाबुबा गुमाई सक्नुभएका परियार अविवाहित हुनुहुन्छ ।

“एक्लै बस्छु, बिहे पनि गरेको छैन, दुःख बिमार पर्दा आपत् पर्दोरहेछ”, उहाँ भन्नुहुन्छ । जीविकोपार्जनका निम्ती ज्याला र मजदुरीमा व्यस्त बन्नुभएका रामबहादुरले आफ्नो घाउलाई राम्रो स्याहार गर्न पनि सक्नुभएन । शल्यक्रिया गरिएको घाउमा सरसफाइ र पोषण नपुगेपछि निको हुनुको सट्टा घाउ झन् ठूलो भयो । दुई वर्षपछि उहाँले फेरि दुःख पाउनुभयो ।

“उहाँको बोन क्यान्सर भएको रहेछ, खानामा पोषण नपुगेर उहाँको घाउमा सुधार नभएको हो”, अस्पतालका चिकित्सक डा प्रकाश साहुले भन्नुभयो, “अहिले फेरि शल्यक्रिया गरिएको छ, अस्पतालकै निगरानीमा राखेर पोषणयुक्त खाना खुवाउँदै आएका छौँ ।”

दोस्रोपटक अस्पताल आउनुभएका परियारको खुट्टा पुनः काटिएको छ । घाउमा गम्भीर समस्या भएकाले उहाँको खुट्टा शल्यक्रिया गरेर दोस्रोपटक काट्नुको विकल्प नभएको चिकित्सकले बताएका छन् । परियार अहिले अस्पतालमा उपचारत हुनुहुन्छ ।

गरिबीका कारण उपचार खर्चसमेत नभएका परियारलाई उपचार अवधिभर अस्पतालले नै खानाको व्यवस्था गरिदिएको छ । परियारको उपचारका लागि पहिलोचोटि करिब दुई लाख रुपैयाँ लागेको थियो । दोस्रोपटकको उपचारमा पनि डेढ लाखभन्दा बढी लागेको अस्पतालकी शोभा ठकुरीले जानकारी दिनुभयो । परियारका लागि सहयोग गर्ने कोही नहुँदा अस्पतालले निःशुल्क उपचार गराइरहेको ठकुरीले बताउनुभयो ।

घाउ सफा गर्नको निम्ति दैनिक अस्पताल आउने गरी परियारलाई अस्पतालबाट बाहिर राखिएको छ । परियार अहिले अस्पताल नजिकै आफन्तको डेरामा बस्दै आउनुभएको छ । केही दिन आफन्तकामा बसेपनि केही दिनपछि जाने ठाउँ नभएको उहाँले बताउनुभयो । आफ्नो नाममा सानो टुक्रा जमिन र एउटा झुप्रो भए पनि खुट्टाका कारण काम गर्न नसक्ने उहाँ बताउनुहुन्छ । काम गर्ने आफ्नो बल र सहयोगी कोही नहुँदा आफू बिचल्लीमा परेको उहाँले बताउनुभयो ।

“दिनदिनै अस्पताल जानुपर्छ, त्यही भएर केही दिन आफन्तकहाँ बसेको छु, अब कहाँ जाने थाहा छैन”, परियारले भन्नुभयो, “उमेर र बल छँदा अरूको निम्ति काम गरियो, अहिले आफू बेसहारा भएर बाँच्नु परेको छ, जिन्दगीमा निकै पीडा हुने रहेछ ।” रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०६:२९ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...