back

सुगम संगीतमा जम्दै अनिल कोयी

वि.सं.२०७३ मंसिर ८ बुधवार

246 

shares
NTC AD
Global IME AD

other-11

काठमाडौं । दुर्गम गाउँको कुनामा रेडियोमा आएको गीतहरु सुनेर रमाउँदै हिँड्ने चन्चले केटो अनिल कोयी अन्तत् सुगम संगीतको अब्बल कलाकार बन्न पुगे । खोटाङ जिल्लाको दुर्गम भनिएको सुङदेल ५ रिस्कमा जन्मेका उनी रेडियो सुनेर संगीतमा लहसिएको सुनाउँछन् । ‘रेडियोमा राजेश पायलको स्वर सुन्ने वित्तिकै बाबुका रेडियो खोसाउन जान्थेँ ।’
गाउँकै विद्यालयबाट एसएलसी दिएका उनको पढाइसमेत उत्कृष्ट नै रहेको उनले सुनाए । ०६१÷०६२मा एसएलसी सकिनासाथ संगीतको प्यास मेट्न काठमाडौं छिरेका उनले आर. आर क्याम्पसमा संगीत नै विषय राखेर पढाई अगाडि बढाएका थिए । गाउँमा मेलापात, विहेबटुलमा गाउन माहिर भइसकेका उनले संगीतको औपचारिक कक्षा लिएपछि पो बल्ल गीत संगीत बुझेको बताउँछन् । ‘लहै लहैमा गाएको गीत त गीत जस्तो मात्र हुने रहेछ’उनले भने ।
संगीतको कक्षा लिँदै गर्दा नै उनले ०६४ सालमा पहिलो पटक‘पहिलो माया’ नामक गीत एल्वम बजारमा ल्याएका थिए । ‘त्यो बेला पुर्वेली लोकभाकाको खुब बजार थियो । त्यो बजारमा आफुले पनि उपस्थिती जनाइयो’ अफ्ठयारो मान्दै उनले सुनाउँछन् । खास गरेरर मिडियामा आउन नरुचाउने उनको बानिले होला बोल्न गा¥हो मान्दै उनले भने, ‘त्यसपछि ०६७ सालमा फेरी अर्को एल्वम पनि निकालेँ नी ।’ उनले ०६७ सालमा ‘चाहाना’ नामको एल्बम बजारमा ल्याएको सुनाए । उनको दोस्रो एल्बम बजारमा आएपछि भने उनी गायक भन्दा बढी संगीतमा जम्छु जस्तो लागेको सुनाउँछन् ।
यसपछिका दिनमा लगातार फुटकर संगीतमा लागेका उनी अहिले संचारमाध्याममा नआएका तर व्यस्त संगीतकारका रुपमा चिनिन्छन् । उनले करिब २ दर्जन बढि गीतमा संगीत गरिसकेको बताउँदै कति गीतहरु राम्रै बजारमा चलेको उनले सुनाए । उनको ‘संगै जीउने’ बोलको गीतको म्युजिक भिडियो निकै राम्रो चलेको छ । भने फिमेल भ्वाईसमा भएको गीतलाई हालै मेल भ्वाइसमा सचिन राईले गाएका छन् ।
संगीतलाई राम्ररी बुझेका उनले अरुकालागि गाउने तथा संगीत गर्ने भन्दा पनि पहिले आफ्नो लागी संगीत गर्नु पर्ने बताउँछन् । ‘संगीत भनेको पकाएर, उसिनेर खाने आलु होइन् । यो कानकालागि बनाउने कुरा हौ । जस्कालागि पहिले आफुले बनाएको संगीतलेृ आफ्नो कानलाई कतिको न्याय गर्छ यो हेर्नु पर्छ’ उनले भने, ‘संगीत भनेको कानको झिँजो हुनु भएन’।
व्यक्तिगत रुपमा अनेकौँ दुःख र हण्डरहरु खेप्नु परेको भएपनि संगीतलाई कुनै हालतमा छाड्न नसकेको उनले सुनाए । ‘पहिले पहिले त यो विषयनै किन रोजे छु जस्तो पनि लागेको थियो तर पछिल्लो समयमा यसले व्यस्त बनाउँदा चाहीँ ठिकै गरेछु जस्तो पनि लागेको छ ।’ उनले आफ्नो इतिहाँस प्रति गर्व गर्दै भन्छन् ।
गीत कर्णप्रिय होस अरुले सुनेर आनन्द लिन सकुन भन्ने कामना सबैको हुन्छ नै । त्यसमा पनि आफु भने अझै गीतको संख्या थप्नमा भन्दा टिकाउ गीत बनाउनमा लागि पर्ने खालको भएको सुनाउँछन् । थोरै गर्छु तर कालजयी गीत बनाउँछु सस्तो लोक प्रियताका लागि म संगीत नै गर्दिन’ उनले भने ।
गीत बनाइमाग्नेहरुको लाइन राम्रै लाग्ने गरेको बताउँदै उनले शब्द र भाव हेरेपछि मात्र आफुले संगीतका लागि ओके भन्ने गरेको सुनाए । ‘जस्तो पायो उस्तै शब्दहरुको संगीत गर्न लागियो भने त हल्का भइन्छ नी ’ उनको बुझाई छ । ‘बरु थोरै बनाउँछु तर सबैकालागि मन मुटुमा रहने गीत बनाउँछु’ । गाउँमा जन्मेका हुनाले होला उनले संगीत भर्नका लागि समेत आफ्नै परिवेश रोज्ने गरेको बताउँछन् । शब्दसँग खेल्न सिपालु यीनले आफैले गीतहरु लेखेका पनि छन् । भर्खरै रेर्कड सकिएको लक्ष्मि राईको शब्द र स्वरुप राज आचार्यले गाएको गीत सुनाउँदै भने, वास्तवमा सबै कुराको संयोजन मिल्यो भने न त्यो संगीत हुँदो रहेछ । ’

वि.सं.२०७३ मंसिर ८ बुधवार ०५:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...