back
CTIZAN AD

सुगम संगीतमा जम्दै अनिल कोयी

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.7K 

shares

other-11

काठमाडौं । दुर्गम गाउँको कुनामा रेडियोमा आएको गीतहरु सुनेर रमाउँदै हिँड्ने चन्चले केटो अनिल कोयी अन्तत् सुगम संगीतको अब्बल कलाकार बन्न पुगे । खोटाङ जिल्लाको दुर्गम भनिएको सुङदेल ५ रिस्कमा जन्मेका उनी रेडियो सुनेर संगीतमा लहसिएको सुनाउँछन् । ‘रेडियोमा राजेश पायलको स्वर सुन्ने वित्तिकै बाबुका रेडियो खोसाउन जान्थेँ ।’
गाउँकै विद्यालयबाट एसएलसी दिएका उनको पढाइसमेत उत्कृष्ट नै रहेको उनले सुनाए । ०६१÷०६२मा एसएलसी सकिनासाथ संगीतको प्यास मेट्न काठमाडौं छिरेका उनले आर. आर क्याम्पसमा संगीत नै विषय राखेर पढाई अगाडि बढाएका थिए । गाउँमा मेलापात, विहेबटुलमा गाउन माहिर भइसकेका उनले संगीतको औपचारिक कक्षा लिएपछि पो बल्ल गीत संगीत बुझेको बताउँछन् । ‘लहै लहैमा गाएको गीत त गीत जस्तो मात्र हुने रहेछ’उनले भने ।
संगीतको कक्षा लिँदै गर्दा नै उनले ०६४ सालमा पहिलो पटक‘पहिलो माया’ नामक गीत एल्वम बजारमा ल्याएका थिए । ‘त्यो बेला पुर्वेली लोकभाकाको खुब बजार थियो । त्यो बजारमा आफुले पनि उपस्थिती जनाइयो’ अफ्ठयारो मान्दै उनले सुनाउँछन् । खास गरेरर मिडियामा आउन नरुचाउने उनको बानिले होला बोल्न गा¥हो मान्दै उनले भने, ‘त्यसपछि ०६७ सालमा फेरी अर्को एल्वम पनि निकालेँ नी ।’ उनले ०६७ सालमा ‘चाहाना’ नामको एल्बम बजारमा ल्याएको सुनाए । उनको दोस्रो एल्बम बजारमा आएपछि भने उनी गायक भन्दा बढी संगीतमा जम्छु जस्तो लागेको सुनाउँछन् ।
यसपछिका दिनमा लगातार फुटकर संगीतमा लागेका उनी अहिले संचारमाध्याममा नआएका तर व्यस्त संगीतकारका रुपमा चिनिन्छन् । उनले करिब २ दर्जन बढि गीतमा संगीत गरिसकेको बताउँदै कति गीतहरु राम्रै बजारमा चलेको उनले सुनाए । उनको ‘संगै जीउने’ बोलको गीतको म्युजिक भिडियो निकै राम्रो चलेको छ । भने फिमेल भ्वाईसमा भएको गीतलाई हालै मेल भ्वाइसमा सचिन राईले गाएका छन् ।
संगीतलाई राम्ररी बुझेका उनले अरुकालागि गाउने तथा संगीत गर्ने भन्दा पनि पहिले आफ्नो लागी संगीत गर्नु पर्ने बताउँछन् । ‘संगीत भनेको पकाएर, उसिनेर खाने आलु होइन् । यो कानकालागि बनाउने कुरा हौ । जस्कालागि पहिले आफुले बनाएको संगीतलेृ आफ्नो कानलाई कतिको न्याय गर्छ यो हेर्नु पर्छ’ उनले भने, ‘संगीत भनेको कानको झिँजो हुनु भएन’।
व्यक्तिगत रुपमा अनेकौँ दुःख र हण्डरहरु खेप्नु परेको भएपनि संगीतलाई कुनै हालतमा छाड्न नसकेको उनले सुनाए । ‘पहिले पहिले त यो विषयनै किन रोजे छु जस्तो पनि लागेको थियो तर पछिल्लो समयमा यसले व्यस्त बनाउँदा चाहीँ ठिकै गरेछु जस्तो पनि लागेको छ ।’ उनले आफ्नो इतिहाँस प्रति गर्व गर्दै भन्छन् ।
गीत कर्णप्रिय होस अरुले सुनेर आनन्द लिन सकुन भन्ने कामना सबैको हुन्छ नै । त्यसमा पनि आफु भने अझै गीतको संख्या थप्नमा भन्दा टिकाउ गीत बनाउनमा लागि पर्ने खालको भएको सुनाउँछन् । थोरै गर्छु तर कालजयी गीत बनाउँछु सस्तो लोक प्रियताका लागि म संगीत नै गर्दिन’ उनले भने ।
गीत बनाइमाग्नेहरुको लाइन राम्रै लाग्ने गरेको बताउँदै उनले शब्द र भाव हेरेपछि मात्र आफुले संगीतका लागि ओके भन्ने गरेको सुनाए । ‘जस्तो पायो उस्तै शब्दहरुको संगीत गर्न लागियो भने त हल्का भइन्छ नी ’ उनको बुझाई छ । ‘बरु थोरै बनाउँछु तर सबैकालागि मन मुटुमा रहने गीत बनाउँछु’ । गाउँमा जन्मेका हुनाले होला उनले संगीत भर्नका लागि समेत आफ्नै परिवेश रोज्ने गरेको बताउँछन् । शब्दसँग खेल्न सिपालु यीनले आफैले गीतहरु लेखेका पनि छन् । भर्खरै रेर्कड सकिएको लक्ष्मि राईको शब्द र स्वरुप राज आचार्यले गाएको गीत सुनाउँदै भने, वास्तवमा सबै कुराको संयोजन मिल्यो भने न त्यो संगीत हुँदो रहेछ । ’

वि.सं.२०७३ मंसिर ८ बुधवार ०५:१० मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...