back
CTIZAN AD

रविकी पत्नीले दिईन् पत्रकार किशोर श्रेष्ठ, एसपी दानबहादुर र संकेत कोइरालाविरुद्ध जाहेरी

वि.सं.२०७६ भदौ ४ बुधवार

1K 

shares

४ भाद्र, काठमाण्डौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छन् ।

गत विहिबार देखि चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेकी पत्नी पौडेलले चितवनका एसपी दान बहादुर मल्ल, जनआस्था साप्ताकिका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाईनका सम्पादक संकेत कोइरालाविरुद्ध पौडेलले बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै उजुरी दिएकी हुन् ।

पौडेलका अधिवक्ता राजेन्द्र सेढाइका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार पौडेलले जाहेरी दिएकी हुन् ।

माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार पुडासैनी नारायणगढको वसपार्कस्थित होटल कंगारुमा साउन २० गते झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले झुण्डिनु पूर्व गरिएको भिडियो रेर्कडमा न्युज २४ मा सिधा कुरा ‘जनतासँग’का कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कंडेल र ओखलढुंगाकी नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएका थिए । सोहि आधारमा प्रहरीले आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा तीनैजनालाई चितवन तथा काठमाण्डौंको प्रहरी टोलीले विहिबार पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

वि.सं.२०७६ भदौ ४ बुधवार १४:२२ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...