back
CTIZAN AD

नेपाल प्रहरी श्रीमती संघको ३५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

वि.सं.२०७६ भदौ ४ बुधवार

1.8K 

shares

४ भदौ , काठमाडौं ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती सङ्घको ३५औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले संघलाई निरन्तर रुपमा उल्लेखनीय सहयोग गर्ने प्रहरी कर्मचारी तथा सेवामूलक कार्यमा सहयोग पुर्यालउने महानुभावहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी’ को विमोचन समेत गरे ।

सो अवसरमा सेवाभावले स्थापित संघले समाजिक सेवामा पुर्यााउँदै आएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संघले थप जनमुखी कार्य गर्दै अझ बढी योगदान पुर्या उने विश्वास लिएको बताएका थिए ।

समयसँगै संघको भूमिकामा समेत परिवर्तन आउनुपर्ने जोड दिँदै प्रहरी महानिरीक्षक खनालले महिला हिंसा एवम् महिला तथा बालबालिकाबिरुद्ध हुने अपराध न्यूनीकरण गर्न र लागूऔषध दुर्व्यसनीलाई सहि मार्गमा ल्याउन संघले खेलेको भूमिका सबैको मन मनमा पुग्नुपर्ने बताए ।

साथै राष्ट्र र नागरिक सेवामा समर्पित प्रहरीले सामना गर्नुपर्ने कठिन परिस्थितिलाई सहज बनाउन परिवारले दिएको योगदानको उच्च प्रशंसा गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक सेवाका कार्य हरेक पीडितको दिलमा बस्न सके सफल हुने उल्लेख समेत गरे ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रमिला खनालले २०७५ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्राहरु तथा प्रहरी कार्यालय सहयोगीका सन्ततीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

समारोहमा संघकी अध्यक्ष खनालले संघले प्रकोप पीडितलाई सहयोगी हात र आश्रय उपलब्ध गराएको र विविध दुर्व्यसन र कुलततर्फ लागि बाटो बिराएकालाई पुन सही मार्गमा ल्याउने आधार बनेको उल्लेख गर्दै आसरा सुधार केन्द्रलाई धरानको पानबारी र काठमाडौंको तिलगंगामा थप विस्तार गरेको जानकारी गराए ।

नेपाल प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा सामाजिक अपराध र विसंगति समाधानको लागि जनचेतना जगाउन अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष खनालले उक्त अवधारणामा संघले समेत सकृयताका साथ सहभागिता जनाउने बताए । साथै संघले यस वर्षबाट प्रदेश प्रहरी विद्यालयहरुका प्रहरी कर्मचारी तथा अमर प्रहरीका सन्ततीहरु मध्ये उत्कृष्ट विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्य सुरु गरेको समेत उनले बताए ।

संघकी महासचिव अनु पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ ४ बुधवार १४:३३ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...