back
CTIZAN AD

जोखिममा रहेका बालबालिकालाई सहकारी सङ्घको सहयोग

वि.सं.२०७६ भदौ ४ बुधवार

846 

shares

४ भदौ, चरिकोट । जिल्ला सहकारी सङ्घ दोलखाले २७औँ स्थापना दिवसका अवसरमा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
जिल्लाको चरिकोटस्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा बसोबास गर्ने जोखिममा परेका ११ बालबालिका तथा किशोरीलाई आवश्यक पर्ने खाद्यान्नका सामग्री सहयोग गरेको छ । बालबालिकाका लागि आवश्यक पर्ने दाल, चामल, तरकारी, चिउरा, बिस्कुट, सरसफाइका सामग्री गरी करीब रु १० हजार बराबरको सहयोग गरेको जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले बताए ।
दोलखाको चरिकोटस्थित आवाज नेपालले सञ्चालन गरेको स्नेह केन्द्रमा दोलखा जिल्लाको जोखिममा परेका ११ बालबालिका तथा किशोरीको हेरचाह गर्दै आएको छ । विभिन्न कारणले जोखिममा परेका बालबालिकाको हरेरचाह गर्नाका साथै आवाज नेपालले बालबालिकालाई अध्यापनसमेत गराउँदै आएको छ ।
हाल पाँच बालबालिका, दुई सुस्तःमनस्थितिका र अन्य विभिन्न कारणले जोखिममा परेका किशोरी रहेको आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले बताइन ।
दोलखा जिल्लाको विभिन्न क्षेत्रका बालबालिकाको बसोबास रहेको भए पनि स्थानीय तहलगायत अन्य क्षेत्रहरुबाट सहयोग नपाएका कारण स्नेह केन्द्र सञ्चालनका लागि समस्या हुने गरेको अध्यक्ष कार्कीले बताइन । (रासस)

वि.सं.२०७६ भदौ ४ बुधवार १५:०९ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौँ  । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा...