back
CTIZAN AD

नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले क-कसलाई भेट्दै छन् त ?

वि.सं.२०७६ भदौ ४ बुधवार

822 

shares

४ भाद्र, काठमाण्डौं । नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन काठमाण्डौं आएका भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउनासाथ राजनीतिक भेटघाटमा जुटेका छन् ।

बुधबार दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका मन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका जयशंकरले नेपालस्थित भारतीय राजदूतावासका राजदूत मञ्जिवसिंह पुरी सहित प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका लागि बालुवाटार पुगेका थिए । उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी लगायतलाई भेटेको बताइएको छ ।

नेपाल–भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्नका लागि २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै काठमाण्डौं आएका विदेशमन्त्री जयशंकरले राष्ट्रपति भोली विहिबार विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने, भारतीय दूतावासमा राजनीतिक भेटवार्ता गर्नेलगायतका कार्यक्रम रहेको पनि बताइएको छ ।

तीनवर्षपछि आयोजना हुन लागेको उक्त वैठकमा दुवै देशका परराष्ट्रमन्त्रीहरु प्रदीप ज्ञवाली र जयशंकरले आ–आफ्नो धारणा राखेपछि छलपल गरिने बताइएको छ । विहिबार सकिने उक्त बैठकमा विभिन्न पाँच कलस्टरमा छलफल गरिने छ ।

फाइल : फोटो

वि.सं.२०७६ भदौ ४ बुधवार १५:४८ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...