back
CTIZAN AD

रवि समर्थक २२ पक्राउ, ४ धरौटीमा रिहा

वि.सं.२०७६ भदौ ५ बिहीवार

840 

shares

५ भदौ, चितवन । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन् , १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ । रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ ग्ते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ ।
प्रहरीले साउन ३२ गते चार जनालाई समाएको थियो । भदौ २ गते १० जना पक्राउ परे मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजाने दिन थियो । त्यो दिन प्रदर्शनमा उत्रिएका ८ जना समातिए ।

‘समातिएकामध्ये चार जना धरौटीमा छुटेका छन्, १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखेको छ ’, डीएसपी कोइरालाले भने । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ भदौ ५ बिहीवार ०७:४० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...