back
CTIZAN AD

रहेनन् वरिष्ठ निर्देशक किशोर राना

वि.सं.२०७६ भदौ ५ बिहीवार

753 

shares

५ भाद्र, काठमाण्डौं । फिल्म क्षेत्रका वरिष्ठ निर्देशक किशोर रानाको ६४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मिर्गौलाको रोगले पीडित रहेका रानाको बुधबार उपचारका क्रममा निदान अस्पतालमा मृत्यु भएको हो ।

नेपाली चलचित्र इतिहासमै वरिष्ठ निर्देशक रहेका राना दुवै मिगौलामा खराबी तथा निमोनियाले समेत ग्रसित थिए । उनी पाँच महिनादेखि नियमित डायलासिसमा रहेको बताइएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रयास भइरहेको थियो ।

२००७ सालमा सुनसरीमा जन्मिएका उनी ‘कान्छी फिल्म’ मा सहायक निर्देशक भएर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । बलिउडमा समेत १५ वर्ष काम गरेका राना २०५१ सालमा चलचित्र ‘कर्जा’ बाट निर्देशनमा डेब्यु गरेका थिए । रानाले करोडपति, राँको, सीमा रेखा, एक नम्बरको पाखे, बन्धकी लगायतका चलचित्रको निर्देशन गरेका थिए । उनी चर्चित गायिका संगीता राना प्रधानका श्रीमान् हुन् ।

पछिल्लो समय चलचित्र प्रतिबिम्ब निर्माणकै क्रममा रहेका निर्देशक रानाले आफ्नो स्वास्थ्य भन्दा पनि कामलाई महत्व दिने गरेका कारण पनि यस्तो अवस्था आएको बताइएको छ ।

वि.सं.२०७६ भदौ ५ बिहीवार ०७:४९ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...