back
CTIZAN AD

पुष्पलाल मित्रता केन्द्रले बुझायो परराष्ट्रमत्रीलाई कर्णाली सम्बन्धी ज्ञापनपत्र

वि.सं.२०७६ भदौ ५ बिहीवार

747 

shares

५ भाद्र, काठमाण्डौं । यहि भाद्र ४–र ५ गते सम्म चल्ने नेपाल–भारत परराष्ट्र«मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा कर्णाली जलविद्युत् परियोजनाका बारेमा निर्णय लिन भन्दै उपर्युक्त हुने भन्दै पुष्पलाल मित्रता केन्द्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रका अध्यक्ष जगणनाथ खतिवडाको नेृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाएको उक्त ध्यानाकर्षणसहितको ज्ञापनपत्रमा माथिल्लो कार्णली बचाऔं राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाही, राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक साध्यबहादुर भण्डारी, जलस्रोत अभियन्ता रतन भण्डारीलगायको ऐक्यबद्धता रहेको माथिल्लो कर्णाली बचाउ अभियानका अध्यक्ष साध्य बहादुर भण्डारीले संसारन्युजलाई बताएका छन् ।

‘यही भाद्र ४ गतेदेखि नेपाल–भारत परराष्ट्र«मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक हुन लागेको खबर संचारमाध्यमहरू मार्पmत थाहा भएको र संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा लगानी हुने भारतीय निजी तथा सरकारी कम्पनीका आयोजनाहरू बारेमा पनि छलफल हुने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘ यसै सन्र्दभमा माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा निर्णय लिनु अति सान्दर्भिक भएको हुँदा त्यस सम्बन्धमा निम्न ृतथ्यहरु र दृष्टिकोणसहित यो ज्ञापनपत्र पेश गरेका हौं । उनले संसारन्युजसँग भने ।

यस्तो छ ज्ञापनपत्र

२०७७।०५।०३

माननीय मन्त्रीज्यू
परराष्ट्र« मन्त्रालय
नेपाल सरकार
सिंहदरबार, काठमाडौ ।

विषय : माथिल्लो कर्णालीजलविद्युत् परियोजनाका सम्बन्धमा ज्ञापनपत्र ।

माननीयमन्त्रीज्यू,

उपर्युक्त सम्बन्धमा यही भाद्र ४ गतेदेखि नेपाल–भारत परराष्ट्र«मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक हुन लागेको खबर संचारमाध्यमहरू मार्पmत थाहा हुन आएको छ । संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा लगानी हुने भारतीय निजी तथा सरकारी कम्पनीका आयोजनाहरू बारेमा पनि छलफल हुने जानकारी प्राप्त भएको छ । यसै सन्र्दभमा माथिल्लो कर्णाली जलविद्युत परियोजनाका बारेमा निर्णय लिनु अति सान्दर्भिक भएको हुँदा त्यस सम्बन्धमा निम्न तथ्यहरु र दृष्टिकोणसहित यो ज्ञापनपत्र पेश गरिएको छ ।

१. माथिल्लो कर्णाली परियोजनासन् २००८ जनवरी २४ मा सम्झौता भइ भारतीय कम्पनी जीएमआरलाई दिइएको हो ।सन् २०१४ सेप्टेम्बर १९ मा जीएमआर र नेपाल सरकारबीच परियोजना विकास सम्झौता (पीडीए) गरिएको हो ।

२. नेपाल सरकारले माथिल्लो कर्णाली जीएमआरलाई शुरुमा ३०० मेगावाट क्षमताको दिएको थियो । तर २०६६ पुस ३ गते सचिवस्तरीय निर्णयले आयोजनाको क्षमता ३०० मेगावाटबाट बृद्धि गराइ ९०० मेगावाट पु¥याइएको छ । यो कार्य कानूनीरुपले गैरकानूनी, बदनियतपूर्ण र राष्ट्रहितविपरीत छ ।साथै उक्त स्थल परिवर्तन गरी ४ हजार १ सय ८० मेगावाटको आयोजना निर्माण गर्ने स्थानमा सारिएको छ । जुन कार्य झनै बदनियतपूर्ण हो ।

३. माथिल्लो कर्णालीकोपीडीएमा विद्यमान प्रावधानहरू नेपालको अहितमा रहेका छन् । पीडीएमा रहेका नेपालको हितविपरीतका केही गम्भीर बुँदाहरू यसै ज्ञापनपत्रको अनुसूचीमा संलग्न गरिएको छ ।


४. उक्त पीडीएको दफा ३.१.३ मा जीएमआरले माथिल्लो कर्णाली निर्माणका लागि दुईवर्षभित्रवित्तीय व्यवस्थापन गरिसक्नुपर्ने, दुई वर्षभित्र वित्तीय व्यवस्थापन जुटाउन नसके नेपाल सरकारले एकवर्ष मात्र म्याद थप गर्न सकिने व्यवस्था छ । तर जीएमआरले ५ वर्ष बितिसक्दा पनि आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकेको र लगानी बोर्डले यस अघि पीडीए विपरीत दुईपटक म्याद थप गरेको अवस्था छ । जीएमआरले पीडीएअनुसार परियोजनाको वित्तीय व्यवस्थापनको शर्त पूरा गर्न नसकेकोले ऊ आफ्नो दायित्वबाट पछि हटेको प्रष्ट छ ।

५. २.२ किलोमिटर सुरङ्ग रहने माथिल्लो कर्णाली संसारकै सस्तो आयोजनामध्ये एकहो । विज्ञहरुकाअनुसार हाल डिजाइन गरिएको माथिल्लो कर्णाली परियोजनाको कूल लागत ७० अरब रुपैयाँमात्र हो । तर जीएमआरले आयोजनाको लागत कृत्रिमरुपमा वृद्धि गरी १ खर्ब ३९ अर्ब रुपैयाँ पुर्याएको छ । पछिल्लो पटक जीएमआरले आयोजनाको लागत थप २५ अर्ब बढाएको छ । पीडीएमा नेपाल सरकारले जीएमआरलाई प्रति मेगावाट ५० लाख रुपैयाँ अनुदान दिने र भ्याट तथा भन्सार समेतमा छूट दिने सम्झौता गरिएको छ । सम्झौताअनुसार जीएमआरले नेपाल सरकारबाट अनुदानस्वरुप पाउने कूल रकम रु. ७३ अर्ब रुपैयाँ हुन आउँछ । जुन रकम माथिल्लो कर्णाली परियोजना वास्तविक लागतभन्दा बढी हो ।

५. विश्व बंैंकको सहयोगमा बिगतमा भएको अध्ययनले हाल जीएमआरलाई दिइएको माथिल्लो कर्णाली बाँधस्थलमै४ हजार १ सय ८० मेगावाटको जलासय आयोजना पहिचान भएको छ । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली डेली पोण्डेज (नदीको पानी दैनिक २० घण्टा थुनेर पीक आवर विद्युत उत्पादनका लागि दैनिक ४ घण्टा उत्पादन गर्ने) रिभर परियोजनाका रुपमा अघि बढाउँदा ठूलो सम्भावना बोकेको, ४ हजार १ सय ८० मेगावाट क्षमताको जलाशय परियोजनाको भ्रूण हत्या हुने भएकोले सरकारले यसमा गम्भीर भएर यथोचित कदम चाल्नु पर्दछ ।


७. भारतीय संचारमाध्यमहरूका अनुसार जीएमआर यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । सन् २०१६ मे २४ को डेक्कन क्रोनिकल पत्रिकाले जीएमआरको कूल ऋण ४३ हजार ४ सय ३९ करोड रहेको जनाएको छ । २०१७ जुन २ को इकनोमिक्स टाइम्सले ऋणबाट उन्मुक्ति पाउन जीएमआरले श्रीसम्पत्ती बेचिरहेको खबर छापेको छ । जीएमआरको आर्थिक ट्रयाक रेकर्ड राम्रो नभएको कारण विश्व बैंक र एसियाली विकास बैंकजस्ता बहुपक्षीय वित्तीय संस्थाहरूले समेत उसलाई पत्याउने अवस्था छैन । २०७५ मंसिर ७ गतेको अन्नपूर्ण पोष्टका अनुसार ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ परियोजनाको लाइसेन्स समेत जीएमआरले हंगकंगस्थित सिचुवान इन्भेष्टमेण्ट ग्रूपलाई साढे ३ अर्ब रुपैयाँमा बेचेको छ । उक्त रकम लैजान नेपाल राष्ट्र« बैंकले जीएमआरलाई अनुमति समेत दिइसकेको छ । यसरी हेर्दा जीएमआर माथिल्लो कर्णाली परियोजना निर्माण गर्न नभइ आयोजनाको ओगटेर लाइसेन्स दलालीमा लागेको प्रष्ट देखिन्छ ।

८. जीएमआरले प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको मितिले ११ वर्ष र पीडीएमा हस्ताक्षर भएको मितिले पाँचवर्ष देखि आयोजना ओगटिरहेको छ । जीएमआरको हितमा पीडीए हुँदा र नेपाल सरकारले स्वदेशी कम्पनीलाई नदिएको आर्थिक सहुलियत समेत जीएमआरलाई दिँदा उसले आयोजना अघि नबढाउनुका पछाडि आमरुपमा गम्भीर प्रश्न उठेको छ ।

उल्लिखित तथ्यहरु हेर्दा माथिल्लो कर्णाली परियोजना सम्झौता नेपालको हितमा नरहेको प्रष्ट छ । यसप्रकारको विशेषाधिकार दिई कुनै कम्पनीसँग सम्झौता गर्दा भविष्यमा अन्य कम्पनीहरुसँग पनि यही सिद्धान्त लागू हुने र नजीर जस्तो बन्न जाने हुँदा यसप्रकारको सम्झौताले भावी परियोजनाहरुलाई पनि गम्भीर असर पार्ने र राष्टिय सार्वभौमिकताका दृष्टिकोणले पनि अनुचित हुने कुरा प्रष्ट छ । यसर्थ जीएमआरसँगका सबै सम्झौता खारेज गरी नेपाल सरकारले उक्त परियोजना स्वदेशी लगानीमा नै निर्माणका लागि ठोस कदम चाल्नुका साथै जीएमआरसँग माथिल्लो कर्णाली ओगटेर विकासमा बाधा पुर्याएबापत आर्थिक दण्डस्वरुप हर्जाना असूलउपरका लागिसमेत हार्दिक अनुरोध गरिन्छ ।

अनुसूचीः
माथिल्लो कर्णाली पीडीएमा विद्यमान नेपालको हितप्रतिकूलका प्रावधानहरूः

-प्राकृतिक स्रोतको उपयोगको बाँडफाँड हुने अवस्थामा तत्कालीन संविधानको धारा १५६ तथा वर्तमान संविधानको धारा २७९ छल्ने काम भएको छ ।

-सहमतिपत्रको दफा ३६ मा माथिल्लो÷तल्लोतटीय क्षेत्रका कुनै परियोजना जीएमआर–आइटीडीलाई दिनेतर्फ विचार गर्नुपर्ने ।

-दफा ३७ मा परियोजनाको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अन्य निर्माणकर्ताले विकास, कार्यान्वयन र सञ्चालन गर्ने परियोजनाहरू यस परियोजना प्रतिकूल हुनु नहुने ।

-दफा ३८ समझदारीपत्रका कुनै व्यवस्था अवैध वा प्रचलित नेपाल कानूनविपरीत भएमा समझदारीपत्रका बाँकी रहेका व्यवस्थाहरू मान्य र अप्रभावित रहने छन् ।

-जीएमआरलाई सहुलियत दिँदा शुरुको १० वर्षमा वार्षिक४अर्ब रूपैयाँका दरले ४० अर्ब रूपैयाँ र त्यसपछिको ५ वर्षमा ५० प्रतिशत आयकर छुट दिँदा वार्षिक २अर्ब रूपैयाँको दरले १० अर्ब रूपैयाँ राज्यकोषले गुमाउनेछ भने जीएमआरले चोखो रूपमा साढे ७६अर्ब रूपैयाँ हात पार्नेछ ।
नेपाल सरकारबाट जीएमआरले वित्तीय सहुलित बापत पाउने साढे ७६ अर्ब माथिल्लो कर्णालीको वास्तविक लागत बराबरको रकम हो ।

-पीडीएको दफा १२.५.८ मा काबु बाहिरको परिस्थिति (Force Majeure FM) का कारण जीएमआरले नोक्सान बेहोर्नु परे नेपाल सरकारले क्षतिपूर्ति तिर्नुपर्ने ।

-आयोजनाको लाभ जीएमआरले हातपार्ने अवस्थामा पीडीएको दफा ५.५मा परियोजना पुनरावलोकनका लागि गठन हुने कार्यदलको आधाखर्च नेपाल सरकारले बेहोर्नुपर्ने ।

-दफा ८ मा प्रशारण लाइन निर्माणका लागि नेपाल सरकारले २० महिनाभित्र जग्गा अधिग्रहण गरिसक्नुपर्ने, निर्धारित समयभित्र जग्गा अधिग्रहण हुन नसके थप एकवर्षभित्र सम्पन्न गर्नुपर्ने, नभए नेपाल सरकारबाट दायित्व पूरा नभएको मानिने स्वदेशी प्रवद्र्धकलाई नाफाको १ प्रतिशत वातावरणीय सेवाशुल्क अनिवार्य लिने गरेकोमा निर्यातमुखी माथिल्लो कर्णालीमा जीएमआरलाई सो शुल्क छुटदिइएको छ ।

-दफा १२.१.३. ए.१ मा २१ दिनभन्दा लामो बन्दहडताल, तालाबन्दी, औद्योगिक विवाद, कठिनाइ भए Government Force Mature Event मानिएको छ ।

-कर्णाली ट्रान्समिशन कम्पनी प्रा लि. ले छुट्टै प्रशारण लाइन निर्माणगरी भारतमा बिजुली निर्यात गरिने योजना बनाएकोमा पीडीएको दफा १२.१.३ मा नेपालको प्रशारण लाइन निस्क्रीय भएमा (failure or breakdown या the Nepalese grid system) सरकारका कारण उत्पन्न हुने काबु बाहिरको परिस्थिति मानिएको छ ।

-दफा १५ मा नेपाल सरकार र जीएमआरबीच आयोजना बारे विवाद सिर्जना भए नेपाल कानून अनुसार नेपालभित्र विवाद नभइ सिङ्गापुरको ICC International Center for Expertise का विज्ञद्वारा समाधान गर्ने तथा गैर–प्राविधिक विवादलाई बेलायती कानून (English Law) अनुसार Singapore International Arbitration Center(SIAC) को मध्यस्थतामा समाधान गर्ने भनिएको छ ।?

–उपर्युक्त प्रावधान विदेश् िलगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०४९- हाल विदेशी लगानी तथा प्रविधिहस्तान्तरण ऐन,२०७५ विपरीत छ ।

–पीडीएको दफा १३ खण्डमा Termination सम्बन्धी व्यवस्था छ । जहाँ जीएमआरले दायित्व पूरा नगरेको खण्डमा नेपाल सरकारले सम्झौता तोड्नुपर्दा उल्टो जीएमआरलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ ।

–माथिल्लो कर्णालीको बिजुली भारत निकासीका लागि प्रशारण लाइन निर्माणको योजना छ । नेपालले पाउने भनिएको बिजुली उपयोगका लागि प्रशारण लाइन योजना छैन ।

–पीडीएको दफा ११.२५.३ मा क्षमता रोयल्टी हिसाब गर्दा प्रशारण लाइनको लसलाई समेत घटाइ हिसाब गरिने भनिएको छ ।

– पीडीएको दफा १२ ए मा कानूनमा परिवर्तन भएर करदस्तूरको दायित्व वृद्धि भएपनि जीएमआरलाई त्यस्तो थपदायित्वबाट उन्मुक्ति दिइएको छ ।

– माथिल्लो कर्णालीको बिजुली भारत निर्यात गर्दा कार्बन उत्सर्जनमा कटौती हुनगइ ‘स्वच्छ विकास संयन्त्र (Clean Development Mechanism CDM ) अन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभमा नेपालको पूर्णअधिकार हुनुपर्नेमा पीडीएको दफा११.३७ CD अन्तर्गत प्राप्त लाभमा नेपाल सरकार र जीएमआर दुबैको हिस्सा लाग्नेउल्लेख छ ।

-जीएमआरले कर्णालीको पानी दैनिक १८ घण्टा थुनेर ४ घण्टा पीकआवरमा विद्युत् उत्पादनका लागि छोड्दा तल्लोतटीय क्षेत्रमा ७५ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याइरहेका रानी, जमरा र कुलरिया(कैलाली) तथा राजापुर र सूर्यपटुवा सिँचाइ योजना (बर्दिया) संकटमा पर्नेछन् ।


-पीडीएमा तल्लो तटीय क्षेत्रस्थित सिँचाइ प्रणालीमा पर्ने असरबारे ६ महीनाभित्र अध्ययन गर्ने भनिएपनि उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छैन ।


जगणनाथ खतिवडा
अध्यक्ष
पुष्पलाल मित्रता केन्द्र
ऐक्यवद्धता

ऐक्यबद्धता

भरतबहादुर शाही
अध्यक्ष
माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान
साध्यबहादुर भण्डारी
संयोजक
राष्ट्रिय जागरण परिषद, नेपाल
रतन भण्डारी
जलस्रोत अभियन्ता

वि.सं.२०७६ भदौ ५ बिहीवार १४:५९ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...