back
CTIZAN AD

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा ईञ्जाको ध्यानकर्षण

वि.सं.२०७६ भदौ ५ बिहीवार

975 

shares

५ भदौ, वासिंटन डि.सि अमेरिका । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युप्रकरण र पत्रकारमाथि प्रहरी हस्तक्षेप भएको भन्दै नेपाली अन्तर्राष्ट्रिय संजाल (ईञ्जा) ले ध्यानाकर्षण गराएको छ ।

पत्रकार पुडासैनीप्रति श्रद्धान्जली दिदै र्ईञ्जाद्धारा बुधबार जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ “पत्रकार पुडासैनीको रहस्यमय मृत्युको सत्यतथ्य खोजी गरी कानुनी रूपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबीन गर्न पनि सम्बन्धित निकायसँग माग गर्दछौ ।”

उक्त विज्ञप्तीमा भनिएको छ :
प्रेस बिज्ञप्ति
पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरण र पत्रकारमाथिको प्रहरी
हस्तक्षेपप्रति ईञ्जाको ध्यानकर्षण

मितिँः अगस्त २१, २०१९
वाशिंगटन डि.सि

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युको खवरले नेपाली पत्रकारहरुको
अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)स्तब्ध भएको छ। ईञ्जा परिवार पत्रकार शालिकराम
पुडासैनीप्रति हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकुल परिवार सदस्यमा समबेदना प्रकट
गर्दछ।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युको सत्यतथ्य खोजी गरी कानूनीरुपमा निष्पक्ष र
स्वतन्त्र ढंगबाट छानबीन गर्न ईञ्जा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु पश्चात सार्वजनिक भएको भनिएको भिडियो
प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयमा पूर्व अनुमति र पक्राउपूर्जी विनानै जवरजस्ती न्यूज रुमबाट पक्राउ गरेको र उक्त कार्यमा पत्रकारद्वयलाई दुर्ब्यबहार गर्दै प्रहरीले अपनाएको पक्राउको शैलीप्रति नेपाली
पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा)
गम्भीररुपमा आपत्ति जाहेर गर्दछ ।

यसरी अभद्र शैलीमा पक्राउ र दुर्व्यबहार गरी हिरासतमा थुनीराख्नु प्रेस सम्वन्धी
अन्तराष्ट्रिय मापदण्ड तथा नेपालको संवधान प्रदत्त प्रेस स्वतन्त्रताको प्रतिकूल रहेको
ईन्जाको ठहर छ।

ईञ्जा मुख्यालय
वाशिंगटन डिसी,अमेरिका

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा) संसार भरि रहेका नेपाली
पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा जोड दिंदै यसको लागि
आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर–राजनितिक तथा
गैर-सरकारी सामाजिक संस्था हो ।

वि.सं.२०७६ भदौ ५ बिहीवार १४:५२ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...