५ भदौ, काठमाण्डौं । सरकारले त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिमा सुधा त्रिपाठीलाई नियुक्त गरेको छ ।
विहिबार त्रिभुवन विश्वविद्यालयसहित नेपाल संस्कृत, पूर्वाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुको समयावधि समाप्त भएको थियो ।
सरकारले यसअघि विश्वविद्यालयहरुको पदाधिकारी नियुक्ति गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटी गठन भएको दुई हप्तापुग्दा पनि विश्वविद्यायलमा योग्य पदाधिकारी नभेटेपछि सर्च कमिटीको समयावधि थप गर्दै कामु उपकुलपति नियुक्त गरिएको हो ।
सरकारले नियुक्त गरेका कामु उपकुलपतिहरुमा त्रिभुवन विश्वविद्यालयमा त्रिपाठी, नेपाल संस्कृतमा रेक्टर रमेश ढकाल, पूर्वाञ्चलमा सिनियर डिन विजय कुमार थपलिया र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सिनियर डिन शारदा थपलियालाई नियुक्ति गरिएको छ ।
वि.सं.२०७६ भदौ ५ बिहीवार १७:४८ मा प्रकाशित






























