back
CTIZAN AD

लालचन्द्रलाई ४५ वर्षदेखि एउटै कुर्सी प्यारो !

वि.सं.२०७३ मंसिर ८ बुधवार

915 

shares

८ मङ्सिर,बागलुङ । कुनै कृत्रिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ! ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ ।

उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रियवस्तु’मा पर्छ । यतातिरको ज्यादै बलियो मानिने सिर्मुको कुर्ची । ५२ वर्षदेखि पुस्तक÷पत्रपत्रिका बेच्दै आउनुभएका लालचन्द्र राजभण्डारी बस्ने कुर्ची ।

बागलुङ नगरपालिका–३ लालीगुँरासस्थित लालचन्द्र–राजेशचन्द्र पुस्तक तथा पत्रपत्रिका पसलमा अहिले पनि त्यही कुर्ची छ, जहाँ ७४ वर्षीय राजभण्डारीका छोरानातिसमेत बस्छन् । आलोपालो गरी पसलमा बस्ने त्यही कुर्चीमा बसेर व्यवसाय सम्हाल्दै आएका छन् । एउटा काठको जीर्ण हुँदै गएको कुर्ची किन यति प्यारो ?

लालचन्द्र भन्नुहुन्छ– “बीचमा अर्को कुर्ची पनि ल्याएँ, नरुचेपछि हटाइदिएँ, २०२८ सालदेखि यही कुर्ची प्रयोगमा छ ।” म्याग्दीको रुममा काठको काम गर्ने बागलुङ गैरागाउँका मजदुरले उहाँलाई उक्त कुर्ची ल्याइदिएका थिए, जसको मूल्य त्यसताका साढे दुईसय रुपैयाँ थियो । कार्यकक्षमा कुर्ची फेरी–फेरी बस्ने सार्वजनिक पदधारी व्यक्तिदेखि व्यापार÷व्यवसायका मालिकलाई यो विषय अनौठो पनि लाग्न सक्छ । तर, लालचन्द्र राजभण्डारी भने यसलाई स्वाभाविक मान्नुहुन्छ ।

उहाँलाई बसिरहँदा त्यही कुर्ची प्रिय लाग्नेरहेछ । उहाँले महङ्गो र आरामदायी कुर्ची किन्न नसकेर कहाँ हो र ? न त उहाँ आर्थिकरुपमा मितव्ययी बन्न खोज्नुभएको हो । आर्थिकरुपमा समृद्ध परिवार भएपनि लालचन्द्रलाई त्यही पुरानो काठको कुर्चीको माया छ । उहाँलाई सबभन्दा आरामको अनुभूति त्यही कुर्चीमा बस्दा हुँदोरहेछ ।

“किन हो किन, यसमै बस्न ठीक लाग्छ”, उहाँले भन्नुभयो, “काठको कुर्चीमा न्यानो पनि हुने, सजिलो पनि ।” सामाजिक, राजनीतिक गतिविधिमा पनि सक्रिय राजभण्डारी साधारण तवरले जीवन व्यतित गर्न रुचाउनुहुन्छ । “म अलिक भिन्न विचार राख्ने खालको पनि छु, खरो स्वभावको”, राजभण्डारीले भन्नुभयो, “मेरो जीवनशैली सामान्य खालको छ, मलाई यस्तै रुच्छ ।”

तडकभडक गर्ने स्वभाव उहाँमा छैन । वाम विचारधारा राख्ने राजभण्डारी ‘सादा जीवन, उच्च विचार’को मान्यतामा सहमत हुनुहुन्छ । विसं २०२१ सालमा राजभण्डारीले बागलुङबजारमा पुस्तक पसल स्थापना गर्नुभएको थियो । उहाँ पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रिय हुनुभएको थियो ।

‘पञ्चायती व्यवस्थाको विरोधमा सार्वजनिक ठाउँमा मन्तव्य दिएका कारण त्यसबेलाका अञ्चलाधीशले जिल्लाका अड्डा प्रमुखलाई लालचन्द्रको पसलबाट किताब, मसलन्द नकिन्नु भनेर आदेश दिए’, ७२ वर्षीय लालचन्द्रले आफ्नो विगत सम्झनुभयो । २०२४ सालतिर माक्र्स, माओ र लेनिनका पुस्तक लुकाई छिपाई पसलमा लिएर बेच्ने गरेको उहाँ बताउनुहुन्छ ।

व्यापारसँगै राजनीति र समाजसेवामा सक्रिय राजभण्डारीसँग २०३६ मा उद्योग वाणिज्य सङ्घको अध्यक्ष, २०२४ मा विद्यामन्दिर पुस्तकालयको अध्यक्ष, २०४९ को स्थानीय चुनावबाट निर्वाचित तत्कालीन कालिका गाविसको उपाध्यक्ष, २०४८ सालमा संयुक्त जनमोर्चाको उपाध्यक्ष भएर नेतृत्व प्रदान गरेको अनुभव पनि छ । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०७:४२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...