back
CTIZAN AD

लोकगीतमा देखा परेका विकृतिको भण्डाफोर गर्नेछु

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.1K 

shares

tejendra-bibash

म दैलेखी, हिजोकी होइनौ, आजकी होइनौ
तिमी त मेरी माया हौ पहिलेकी

रोजगारीको सिलसिलामा ६ वर्षदेखि युगान्डामा बस्दै आएका दैलेखका ‘तेजेन्द्र विवश’ को झ्याउरे गीत हो यो । ६ वर्षमा तिहार मनाउन नेपाल फर्किएका ‘तेजेन्द्र विवश’ पुरण वियोगको शब्दमा रहेको ‘रोएँ जब म’ बोलको आधुनिक गीत गाएर १ महिनामा पुनः युगान्डा नै जाँदैछन् ।

सानै उमेरदेखि घाँसदाउरा, मेलापात, गोठाला र गाउँघरमा हुने रत्यौली र जात्राहरुमा गीत गाउने विवश ३ वर्षदेखि व्यवसायिक रुपमा गीत संगीतको क्षेत्रमा लागेका छन् । आधुनिक गीत गाए पनि उनको क्षेत्र भने लोकदोहोरी नै भएको उनको दाबी छ । संसार न्युज डटकमसँग कुरा गर्दै विवश भन्छन् ‘लोक दोहोरीमा अहिले जुन किसिमको विकृति विसङ्गती छ त्यसलाई चिर्ने कोशिस गर्नेछु ।’

शब्द, संगीत र स्वरका धनी विवशले लोक र आधुनिक गरी झण्डै दुइ दर्जन गीतको रचना गरिसकेका छन् । तर आफूले लेखेको गीतहरु भ्ने उनले गाएका छन् । आफैंले सृजना गरेका गीत किन गाउनु भएन त ? भन्ने प्रश्नमा विवश भन्छन् ‘अहिले अरु साथीहरुले मेरो गीत गाइदिनु प¥यो भनेर अनुरोध गर्नुभएकोले मैले साथीहरुको गीत गाएको छु । तर, केही समयपछि मैले आफैंले लेखेका गीतहरु गाउनेछु ।’उनको छिट्टै नै ‘आमा’ नामको एल्बम आउँदै छ ।15037235_986962638076357_6391541512010147917_n

गीत संगीतको क्षेत्र त्यत्ति राम्रो छैन भन्छन् नी भन्दा उनी भन्छन् ‘राम्रो गर्नेलाई राम्रो छ होइन भने पशुपति शर्मा, पुश्कल शर्मा रामजी खाँडहरु किन टिकेका छन् ? राम्रो भएर होइन र ? उनीहरुले राम्रो गरे उनीहरु टिके । त्यसैले गीतसंगीतको क्षेत्र नराम्रो छ भनेर भन्नु गलत हो ।’
विवश बढी दुःख, पीडा र निराशाका गीत गाउने र लेख्ने गर्छन् । समाजका वास्तविक घटनालाई शब्दमा उनेर गीत गाउने गर्छन् । उनको यादमा जुन हेरी टोलाएर बसें, शून्य लाग्छ गाउँघर तिमी प्रदेश गएपछि, दुःखाई, समयले दियो धोका, तिम्रो मेरो मायाको संसार छ बेग्लै, यस्तै छ यो परदेशीको जुनी, बाँच्ने मन छ जुनीजुनी लगायतका उनका गीतहरु बजारमा छन् ।

निराशाबादी गीतका शब्दहरु मन छुने हुनाले आफूले यस्तै गीतहरु लेखने र गाउने गरेको उनको भनाइ छ । उनी आफू स्वयं परदेशमा बस्ने हुनाले परदेशी नेपालीहरुको पीडालाई उनले गीत मार्फत बाहिर ल्याउने प्रयास गरेका छन् । सरकारले कलाकारलाई उचित स्थान नदिएको भन्दै उनले सरकारसँग गुनासो गरेका छन् ।
नेपाली गीत संगीतमा पद्धिल्लो पटक देखा परेको विकृति र विसङ्गतिको विरुद्ध उनले कडा आलोचना गर्दै आफूले कदापी गीत संगीतमा विकृति नल्याउने र त्यस्ता विकृतिको भण्डाफोर गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०७:२८ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...