back
CTIZAN AD

साहसिक पर्यटनको आकर्षण बन्दै अल्ट्रालाइट

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.4K 

shares

ultra

पोखरा । विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ ।

अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटक निकै आकर्षित बन्ने गरेका छन् । अल्ट्रलाइट सेवा पोखरामा सन् १९९६ बाट सुरु भएको एभिया क्लब नेपालका व्यवस्थापक रिजन रिजाल बताउनुहुन्छ । युरोपबाट भित्रिएको सो प्रविधि साहसिक पर्यटनको महत्वपूर्ण पाटो बनेको छ ।

पछिल्ला वर्षमा विदेशी पर्यटक मात्र नभएर स्वदेशी पर्यटक समेत यसतर्फ आकर्षित बनेका छन् । पोखरा विमानस्थलबाट हुने अल्ट्रलाइट उडान सेवा १५ मिनेटदेखि डेढ घन्टासम्मका चार किसिमका छन् । रिजालका अनुसार १५ मिनेटको उडानका लागि रु सात हजार ५००, ३० मिनेटको लागि रु १३ हजार ५००, ६० मिनेटको लागि रु २३ हजार ५०० र ९० मिनेटको लागि रु ३१ हजार शुल्क निर्धारण गरिएको छ ।

पोखरामा तीनवटा कम्पनीले अल्ट्रालाइट सेवा सञ्चालन गरिरहेका छन् । एभिया क्लब र फिष्टेल अल्ट्रालाइटले तीन÷तीनवटा र पोखरा अल्ट्रालाइटले पाँचवटा जहाजबाट सेवा प्रदान गरिरहेका छन् । पोखरा आउने ३० प्रतिशतभन्दा बढी पर्यटकले साहसिक खेलकुदमा रुचि राख्ने गरेका छन् ।

अल्ट्रालाइटका लागि मुख्य याम अगष्टदेखि नोभेम्बर तथा फेब्रुअरीदेखि अप्रिलसम्म भए पनि पछिल्ला समयमा सबैजसो समयमा अल्ट्रालाइट चल्ने गरेका छन् । पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनारायण श्रेष्ठका अनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म तथा दिउँसो २.३० बजेदेखि ५ बजेसम्म अल्ट्रालाइट उडान सञ्चालन हुन्छ ।

“अल्ट्रालाइटबाट उडान गर्नेमध्ये धेरैजसो चिनियाँ पर्यटक रहेका छन्,” श्रेष्ठले भन्नुभयो । पोखरा अल्ट्रालाइटले विगत चार वर्षयता पोखरामा अल्ट्रालाइट उडान सञ्चालन गरिरहेको छ । सन् २०१२÷१३ मा अत्याधिक चिनियाँ पर्यटकले अल्ट्रालाइट चढे पनि गत वर्षको भूकम्प र नाकाबन्दीपछि सो सङ्ख्या ह्वात्तै घटेको छ ।

अल्ट्रालाइट चढ्नका लागि भारत, अमेरिका, बेलायत, जापानलगायत मुलुकबाट पर्यटक पोखरा आउने गरेका छन् । अल्ट्रालाइटमा पाइलट बाहेक एक जनाले मात्र यात्रा गर्न मिल्छ । अल्ट्रालाइटबाट पोखरा आसपास तथा माछापुच्छ्रे हिमाल वरपरको दृश्यावलोकन गर्नु पर्यटकको मुख्य रोजाई हो ।

पोखरा विमानस्थलबाट अल्ट्रालाइट चढेर पर्यटक पोखराको बीच भागबाट बगरिहेको सेती नदी, बेगनास ताल, माछापुच्छ«े हिमालका काखमा रहेको हिमताल, सेती भ्याली, माछापुच्छ«े वेस क्याम्प, अन्नपूर्ण वेस क्याम्प, पुन हिल, फेवाताल, विश्व शान्ति स्तुपलगायतको अवलोकन गर्न सकिन्छ ।

कम्युनिटी नेपाल, लेकसाइडका सञ्चालक समेत रहेका पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पोखरामा विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चालित अल्ट्रालाइट सेवाले यहाँ आउने साहसिक पर्यटनमा रुचि राख्ने जो कोही पर्यटक निकै लाभान्वित बनेका बताउनुहुन्छ ।

“हिमालमा जान रुचि रख्ने तर शारीरिक रुपमा असक्त पर्यटक अल्ट्रालाइटमार्फत नजिकैबाट हिमाल हेर्न र अनुभव गर्न पाउने भएका कारण यसतर्फ आकर्षित भएका हुन्,” थापाले भन्नुभया । विस्तारै उडान हुने भएकाले सहजै दृश्यावलोकन गर्न, हिमालको घाँचबाट हिमाली दृश्य हेर्न र जमिनको नजिकबाट उड्नसक्ने भएकाले पनि पोखरा आउने अधिकांश पर्यटकलाई अल्ट्रालाइटले छुट्टै अनुभव दिने गरेको छ । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार ०७:२३ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...