back

कविता : प्रश्न नयनहरूको

वि.सं.२०७६ भदौ ७ शनिवार

60 

shares

हेरिरहेका दृश्यहरू
देखिएका दृश्यहरू
पलायन भएपछि
लुप्त भएपछि
थुपरिन्छन् ताँती बनेर
प्रश्न नयनहरूको ।

न त वादहरूले काँध हाल्छ
रित्तिएकाहरूमा
न त प्राण भर्छ
न त त्राण जड्छ
मनका तलावमा
रगतमा, पसिना यही
जन्मभूमिमा
यही माटोमा हराएकाहरूको
दुखेसो पोखिएको हरेक प्राणीका
उच्छवासलाई ।

न नीति न सिद्धान्त
न ऐन, न कानून
कुनै विचार, कसम र वाचाहरूले
चङ्गा जो धागो चुडिएपछि
स्वतन्त्र क्षितिजमा
कहाँ हो कहाँ बिलाउँछ ।

अनि त
क्रान्ति जन्मन्छ
खाली हात
खाली पेट
र खालीखुट्टे पाईलाहरू
नाङ्गिएपछि
आफ्नो स्वमित्व गुमाएपछि
हक र अधिकार खोसिएपछि
रङ्गहरू विभिन्न भरेर
चोट, पीर र दर्दहरू
बसालेर सुम्सुमाएर
वैचारिकताको उर्वर भूमिमा ।

आत्तिएका नयनहरू
विम्ब खोज्छन्
प्रतिक खोज्छन्
लडेका जीवनहरू
मरिरहेका जीउँदा लाशहरू
सडे गलेका
दुर्गन्धित हाड छालामा
जीवनको,
सार्थक, निर्भिक र सङकल्पित क्रान्तिवीर बनेर ।

प्रश्न अनुत्तरित बन्न सक्छ
प्रतिकृयाहरूका डिम्बको
चल्लाहरू निस्कन सक्छन्
युगले बोलिरहेको भाषा
बुलन्द आवाज
जो आम मानिसहरूले
बुझिरहेका हुन्
हरेक युग
हरेक समय
वैचारिक द्वन्द्व
आत्मापरक बनेर
संयमित र
आत्मिक जीवन शैली
हिँडाउन लालायित नयनहरूले
प्रश्न गरिरहन्छन्
नयनहरूलाई
युद्धबोध
जीवनको शब्दकोषभित्र
जो समय,परिस्थितिसँग
जुझारू आभा बनेर
आशातित प्रश्न नयनहरूको ।

ठेगाना : गान्तोक सिक्किम, भारत

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:३८ मा प्रकाशित

कोपिला\डाली

कोपिला\डाली

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं १. धोको छ भोज गरौँ...

कविता : त्यत्तिकै-त्यत्तिकै

कविता : त्यत्तिकै-त्यत्तिकै

ओम आचार्य, अर्घाखाँची सुन्दा, प्यारो लाग्छ नाम राम जत्तिकै ।...

हाइकु

हाइकु

वसन्त अनुभव, घोराही, दाङ १. कालो बादल मडारिँदै छ वायु...

कविता : भेँडाको वस्ती !

कविता : भेँडाको वस्ती !

टिएन भट्ट विश्वामित्र, भक्तपुर साला ! ऊ पनि देश बनाउने...

कविता : अन्तर बोध

कविता : अन्तर बोध

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा फूल हो जीवन सुवास छर्नुपर्छ...

लघुकथा : ढुंगामा परेको बिउ

लघुकथा : ढुंगामा परेको बिउ

लक्ष्मी प्रसाद प्रसाईं, सिक्किम अस्पताल एक कुनामा उ थकित एकछिन...