सुधिर थापा,काठमाडौं
तिमी मेरो राजा भएँ रानी तिम्रो
मीठो माया गर्ने हुँदा बानी तिम्रो
जुधे आँखा कस्तो सधैं भेट्दा खेरि
बस्यो माया हाम्रो नहोस् हानी तिम्रो
दिएको थेँ माया तिमीलाई राजा
रसाएको कस्तो छ त्यो नानी तिम्रो
तिमीलाई देखेँ किनारामा एक्लै
छु पग्लेको आफैँ भए दानी तिम्रो
हजारौँमा हाम्रो बसेको हो माया
तिमी मेरो आफ्नै भएँ सानी तिम्रो ।
बहर : अनुराग
अर्कान : मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन : १२२२ २२ १२२२ २२
वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:५० मा प्रकाशित






























