back
CTIZAN AD

कविता : शब्द दुरुपयोग

वि.सं.२०८१ वैशाख ८ शनिवार

1.5K 

shares

निम्बतरु,अर्घाखाँची

कालेलाई काले भन्न मिल्दैन
सेतेलाई सेते भन्न मिल्दैन
नेप्टे भन्यो रिसाएर जुलुम
कोप्चे भन्यो कि
दश टोपको मिसाइल पड्किन्छ
त्यस्लाई त्यो भन्न हुन्न
उल्लाई ऊ भन्न हुन्न
नाम काढेर बोलाउन हुन्न
छुट्टै संज्ञा दिनुपर्छ
नामै काढे पनि अगाडि श्री थप्नु पर्छ
अझ जात त भन्नै हुन्न
संदिग्ध नाम भए झन फसाद
अझ दोहोरो अर्थ लाग्ने नाम भए झन् तनाव
त्यससँगै भाववाचक र द्रव्यवाचक नामले किटानी गर्नै हुन्न
जस्तो हुँइचो, बाँदरपन, फलाम, आदि
मानहानी हुन्छ
आकाश खस्छ
जस्तै जस्तै उस्तै उस्तै भन्न पनि सकस
व्यभिचारी शब्दले झन् उल्लेख गर्न नहुने भो
शब्द दुरुपयोग गरेर झन् आलोचना गर्नै नसकिने भो
मन त थियो नी
काल्पनिक बिशेषण थपेर सुनाउने
नामपदले जे जनाएपनि
त्यो त्यो होइन यो यो होइन
ऊ ऊ होइन जो जो होइन ।

 

वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...