back
CTIZAN AD

राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव मान्य नहुनेः अध्यक्ष यादव

वि.सं.२०७३ मंसिर ८ बुधवार

981 

shares

upendra yadav

८ मङ्सिर,राजविराज (सप्तरी)। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।

सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – ‘जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुन्छ ।’

अध्यक्ष यादवले संविधान संशोधनबारे भइरहेको छलफल आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन हुने गरी संशोधन नगरिए संविधान संशोधन प्रस्ताव निरर्थक हुने दाबी गर्नुभयो ।

समानुपातिक, समावेसी, सीमाङ्कन, भाषिक अधिकारलगायत पहिचानसँग सम्बन्धित राष्ट्रिय सवाललाई सहमतिका आधारमा सम्बोधन हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिदैं उहाँले नेपाली भाषा लादिएका कारण मातृभाषाको अस्तित्व सङ्कटमा परेकाले अब भाषिक विभेद्लाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादबले देशमा बोलिने मातृभाषालाई सूचीकृत गरी त्यसको विकासका लागि राज्य गम्भीर हुनुपर्ने आवश्यकता औल्याउँदै नागरिकताको विषयमा मधेस विरोधी दलले गलत ढङ्गले परिभाषित गरी आमजनतालाई भ्रममा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

‘विदेशीलाई नेपाली नागरिकता दिएर राष्ट्रपति बनाउनुपर्छ भन्ने हाम्रो माग नभएको स्पस्ट पार्दै उहाँले भन्नुभयो –‘वैवाहिक सम्बन्धका आधारमा दिइने नागरिकतामा विभेद् हुनुहुँदैन र विवाह गरेर आएकी बुहारीलाई नागरिकताकै आधारमा गरिने विभेद्लाई कुनै पनि हालतमा न्यायोचित मानिदैन ।’ रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:०९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...