back
CTIZAN AD

पाल्पामा नौमती वाजा प्रतियोगिता आयोजना

वि.सं.२०७६ भदौ ८ आइतवार

840 

shares

८ भदौ, पाल्पा । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ । प्रथम हुने समूहले रु ५० हजारको पुरस्कार प्राप्त गरेको छ ।

तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । दोसो हुने समूहले रु २० हजार पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी तेसो हुने तानसेन नगरपालिका–११ स्थित चण्डीका टोल विकास संस्थाले रु १० हजार पुरस्कार जित्न सफल बनेको छ । सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार वितरण गरेका थिए ।

तानसेन नगरपालिकाका प्रमुख शाहीले प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुगेको बताए । उनले नेपालीको स्वाभिमान र वीरताको गाथासँग जोडिएको ऐतिहासिक भगवती जात्राको पहिलो दिन प्रतियोगिताले थप उत्साह ल्याएको बताए ।

विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने चलन रहेको छ । टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने बताए ।

प्रतियोगितामा पाल्पाका १० नौमती बाजा समूह सहभागी थिए । दलित समुदायको परम्परागत पेशाका रुपमा स्थापित बाजा बजाउने पेशा अहिले मगर समुदायबाट पनि संरक्षण हुँदै आएको छ ।

वि.सं.२०७६ भदौ ८ आइतवार १३:४७ मा प्रकाशित

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर (दाङ) । शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको...

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष...

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । जिल्लाको तुलसीपुरमा नेकपा ( एमाले) को झण्डा जलाएको...

प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै सुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य

प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै सुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक...