back
CTIZAN AD

केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव

वि.सं.२०७६ भदौ ११ बुधवार

633 

shares

११ भदौ,काठमाडौँ । केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।

केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन । कर्मचारी अभाव हुँदा नीति र निर्माण तहदेखि सेवा प्रवाहसम्ममा समेत गम्भीर समस्या परिरहेको अधिकारीहले बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सेवा समूहमा गरी ७ हजार पद रिक्त रहेका हुन् । जसअनुसार नीतिगत तहमा महत्वपूर्ण भूमिकामा रहने सहसचिवमा मात्रै १६३ पद रिक्त छ ।

यसैगरी ३ सयको सङ्ख्यामा उपसचिव र ६ सयको सङ्ख्यामा शाखा अधिकृत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ ११ बुधवार ०७:१८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...