back

तरकारी बाली सुकेपछि किसान चिन्तित

वि.सं.२०७६ भदौ ११ बुधवार

528 

shares
IME Limited
NTC AD

११ भदौ, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गरेका थिए । करीब रु १५ हजारको लागतमा उनले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उनि चिन्तित भएका छन् । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।
उनिजस्तै वडा नं ५ का भोलाप्रसाद मेहताले समेत पाँच कठ्ठामा खुर्सानी खेती लगाएका थिए । करीब रु ३५ हजारको लागतमा लगाएको खुर्सानी खेती सुकेपछि उनलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको खेती सुकेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।
महङ्गो बीउ, मल र मजदुरसमेत गरेर मेहताद्वयले गरेको खेती सुकेपछि उनिहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै आएका उनिहरुले केही कमाउने भन्ने लोभले गरेको तरकारी खेती लगातार वर्षासँगै आएको बाढीका कारण खेतमा लगाएको बालीसमेत सुकेकाले लगाएको लगानीसमेत नआउने भएको छ ।
गाउँपालिकाका लागि उनिहरु उदाहरणका पात्र मात्र हुन । उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताए । गाउँपालिका क्षेत्रमा सयाँै किसानले सहकारीबाट ऋण गरेर गरेको तरकारी खेती सुकेपछि कृषक समस्यामा परेका उनको भनाइ छ ।
सदरमुकाम इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालिकामा सघनरूपमा बर्खे र मौसमी गरेर जम्मा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । बाढीका कारण सुनसरीमा ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करीब तीन लाख ८४ हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए । (रासस)

वि.सं.२०७६ भदौ ११ बुधवार १२:०१ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

विदेशी ऋणबाट खानेपानी आयोजना नबानाउने धरानका नगर प्रमुखको घोषणा

विदेशी ऋणबाट खानेपानी आयोजना नबानाउने धरानका नगर प्रमुखको घोषणा

काठमाडौँ । धरान उपमहानगरपालिकाले एशियली विकास बैंक (एडिबि) को ऋण...

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

इटहरी (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल...

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको...

कोशी प्रदेशसभा : अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

कोशी प्रदेशसभा : अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी...

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज...