back
CTIZAN AD

तरकारी बाली सुकेपछि किसान चिन्तित

वि.सं.२०७६ भदौ ११ बुधवार

870 

shares

११ भदौ, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गरेका थिए । करीब रु १५ हजारको लागतमा उनले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उनि चिन्तित भएका छन् । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।
उनिजस्तै वडा नं ५ का भोलाप्रसाद मेहताले समेत पाँच कठ्ठामा खुर्सानी खेती लगाएका थिए । करीब रु ३५ हजारको लागतमा लगाएको खुर्सानी खेती सुकेपछि उनलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको खेती सुकेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।
महङ्गो बीउ, मल र मजदुरसमेत गरेर मेहताद्वयले गरेको खेती सुकेपछि उनिहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै आएका उनिहरुले केही कमाउने भन्ने लोभले गरेको तरकारी खेती लगातार वर्षासँगै आएको बाढीका कारण खेतमा लगाएको बालीसमेत सुकेकाले लगाएको लगानीसमेत नआउने भएको छ ।
गाउँपालिकाका लागि उनिहरु उदाहरणका पात्र मात्र हुन । उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताए । गाउँपालिका क्षेत्रमा सयाँै किसानले सहकारीबाट ऋण गरेर गरेको तरकारी खेती सुकेपछि कृषक समस्यामा परेका उनको भनाइ छ ।
सदरमुकाम इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालिकामा सघनरूपमा बर्खे र मौसमी गरेर जम्मा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । बाढीका कारण सुनसरीमा ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करीब तीन लाख ८४ हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए । (रासस)

वि.सं.२०७६ भदौ ११ बुधवार १२:०१ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...