back

काङग्रेसका सभापति देउवाको भिडन्त कोसँग ?

वि.सं.२०७६ भदौ ११ बुधवार

51 

shares


११ भाद्र, काठमाडौँ । नेपाली काङग्रेसका सभापति सेर बहादुर देउवाको हालको लडाई को सँग होला ?

यदि कसैले यो प्रश्न तपाईसँग राखे भने तपाइको सहज उत्तर हुनेछ, राजकीय सत्ताका लागि प्रधानमन्त्री केपि ओलीसँग र पार्टी सत्ताका लागि आफ्नै पार्टीका रामचन्द्र पौडेल, कृष्ण सीटौला र डा.ससाङ्क कोइरालासँग । झट्ट सुन्दा यो उत्तर सहि लागेपनि आजको मितिमा यस उत्तरले सहि अङ्क भने प्राप्त गर्दैन । त्यसो भए सहि उत्तर के होला त ? तपाइको जिज्ञासा एकदम उचित छ । तपाइको जिज्ञासाको सहि उत्तर हो, देउवाको लडाई उनकै गृह जिल्लाका पार्टी सभापति कर्ण मल्ल सँग रहेको छ ।

किन ? तपाइले फेरी जिज्ञासा थप्नु भयो भने त्यो पनि मनासीवनै हुनेछ । प्रदेश सभाका सांसद समेत रहेका मल्लले यस अघि सभापति देववालाई भरपुर सहयोग गरेकै थिए । तर पछिल्लो समयमा देउवाले श्रीमती आरजु राणाको सल्लाहमा मल्ललाई किनारा लगाउन सुरु गरे ।

मल्ललाई हटाउँदा देउवालाई सहज हुने देउवा समर्थकहरूको रायका कारण देउवा मल्ललाई आफ्ना बाटोबाट हटाउन चाहान्छन् । त्यसैले आरजुको संरक्षणमा देउवाले मल्लका सहयोगीहरूलाई पार्टी नेतृत्व हटाउन सुरु गरे ।

प्रयास जिल्ला महिला संघका सभापति सभापति कमला विष्टको निलम्बनबाट सुरु भएको छ ।

देउवा पत्नी आरजुले विष्टलाई निलम्बन गरेर कलावती बोहोरालाई महिला संघको नेतृत्व दिइएको छ । यस बाहेक मल्ललाई शक्तीहीन बनाउन नेविसंघ, तरुण दलका सभापतिलाई पनि हटाउने तयारी आरजुले गरेको बताइएको छ ।

जिल्लाका जनवर्गीय संगठनहरूको नेतृत्वमा आफ्ना मान्छे ल्याउन सके देउवा शक्तिसाली हुने विश्वासमा जिल्ला पार्टी सभापतीसँग केन्द्रिय सभापति देउवाको भीडन्त सुरु भएको स्रोतहरूले बताएका छन् ।

वि.सं.२०७६ भदौ ११ बुधवार ११:४० मा प्रकाशित

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक...

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्रीको सचिवालयले भन्यो-सांसद सिंहको आरोप अराजनीतिक बार्गेनिङ

प्रधानमन्त्रीको सचिवालयले भन्यो-सांसद सिंहको आरोप अराजनीतिक बार्गेनिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सांसद अमरेश...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...