back
CTIZAN AD

काङग्रेसका सभापति देउवाको भिडन्त कोसँग ?

वि.सं.२०७६ भदौ ११ बुधवार

897 

shares


११ भाद्र, काठमाडौँ । नेपाली काङग्रेसका सभापति सेर बहादुर देउवाको हालको लडाई को सँग होला ?

यदि कसैले यो प्रश्न तपाईसँग राखे भने तपाइको सहज उत्तर हुनेछ, राजकीय सत्ताका लागि प्रधानमन्त्री केपि ओलीसँग र पार्टी सत्ताका लागि आफ्नै पार्टीका रामचन्द्र पौडेल, कृष्ण सीटौला र डा.ससाङ्क कोइरालासँग । झट्ट सुन्दा यो उत्तर सहि लागेपनि आजको मितिमा यस उत्तरले सहि अङ्क भने प्राप्त गर्दैन । त्यसो भए सहि उत्तर के होला त ? तपाइको जिज्ञासा एकदम उचित छ । तपाइको जिज्ञासाको सहि उत्तर हो, देउवाको लडाई उनकै गृह जिल्लाका पार्टी सभापति कर्ण मल्ल सँग रहेको छ ।

किन ? तपाइले फेरी जिज्ञासा थप्नु भयो भने त्यो पनि मनासीवनै हुनेछ । प्रदेश सभाका सांसद समेत रहेका मल्लले यस अघि सभापति देववालाई भरपुर सहयोग गरेकै थिए । तर पछिल्लो समयमा देउवाले श्रीमती आरजु राणाको सल्लाहमा मल्ललाई किनारा लगाउन सुरु गरे ।

मल्ललाई हटाउँदा देउवालाई सहज हुने देउवा समर्थकहरूको रायका कारण देउवा मल्ललाई आफ्ना बाटोबाट हटाउन चाहान्छन् । त्यसैले आरजुको संरक्षणमा देउवाले मल्लका सहयोगीहरूलाई पार्टी नेतृत्व हटाउन सुरु गरे ।

प्रयास जिल्ला महिला संघका सभापति सभापति कमला विष्टको निलम्बनबाट सुरु भएको छ ।

देउवा पत्नी आरजुले विष्टलाई निलम्बन गरेर कलावती बोहोरालाई महिला संघको नेतृत्व दिइएको छ । यस बाहेक मल्ललाई शक्तीहीन बनाउन नेविसंघ, तरुण दलका सभापतिलाई पनि हटाउने तयारी आरजुले गरेको बताइएको छ ।

जिल्लाका जनवर्गीय संगठनहरूको नेतृत्वमा आफ्ना मान्छे ल्याउन सके देउवा शक्तिसाली हुने विश्वासमा जिल्ला पार्टी सभापतीसँग केन्द्रिय सभापति देउवाको भीडन्त सुरु भएको स्रोतहरूले बताएका छन् ।

वि.सं.२०७६ भदौ ११ बुधवार ११:४० मा प्रकाशित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...