back

कस्ले फैलायो नेकपा अध्यक्ष प्रचण्डबारे यस्तो अफवाह, जसले देशै तरंगीत बनायो ?

वि.सं.२०७६ भदौ ११ बुधवार

42 

shares

११ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेर सोमबार जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएका संचारकर्मी रवि लामिछाने मंगलबार चितवनमा आफ्ना समर्थकलाई स्टेजबाट धन्यवाद दिँदै थिए ।

यता अनलाइन खबरबाट प्रशारण भएको एक भिडियो एकाएक भाइरल बन्यो, त्यो पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भिडकाबीच सुरक्षाकर्मीले सुरक्षा दिँदै गाडीसम्म पुर्याइको दृश्य थियो ।

, ‘कार्यकर्ताबाटै कुटिएपछि प्रचण्डको प्रहरी भ्यानबाट उद्धार’ भनेर भिडियोको क्याप्सन राखिएको थियो । ‘विप्लव फयान क्लब’ काठमाण्डौंबाट पोस्ट गरिएको उक्त भिडियो जताततै सेयर गरिनुका साथै लामिछानेको सम्बोधनको भिडियोसँगै राखेर प्रचार समेत गरिएको थियो ।

‘सिंहदरबार नजिक क. प्रचण्डमाथि सांघातिक हमलाको प्रयास । यसरी असफल पारे सुरक्षाकर्मीले ।’

‘आजै दुई तस्बिर एकैपटक भाइरल हुँदै गर्दा केही सोच्ने कि ?’

यस्तै यस्तै शिर्षक राखेर सामाजिक संजामा उक्त भिडियोको प्रचार गरिएको थियो । उक्त भिडियो हजारौको माझ पुगेको र लाखौले हेरिएको थियो । जसमा अध्यक्ष प्रचण्डलाई गाली गलौज गर्दै रविको सम्बोधनको भिडियोसँग राखेर ‘उता र यता’ भनेर दुवै भिडियोमा कमेन्ट समेत गरिएको थियो ।

सोहि घटनालाई लिएर देशमात्र नभएर विदेशमा रहेका नेपालीले पनि यसमा चासो दिए । चिन्ता मिसाएका थिए, ‘देशमा के हुन लागेको ?’ भनेर कतिले प्रश्न समेत उठाएका थिए ।

तर, उक्त पुरानो भिडियो राखेर अफवाह फैलाएको प्रति अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

अध्यक्षका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ आफ्नो फेसबुकमार्फत् अध्यक्ष प्रचण्डप्रति कुत्सित मानसिकता भएका तत्वले उक्त अफवाह फैलाएको बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्ष क.प्रचण्डप्रति केहि कुत्सित मानसिकता भएका तत्वहरूले अफवाह फैलाउन खोजेकोप्रति खेद व्यक्त गर्दछु । कुनै केहि घटना नभएको सबैमा जानकारी पनि गर्दछु ।’

वि.सं.२०७६ भदौ ११ बुधवार ११:१४ मा प्रकाशित

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको...

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा आइतबार (आज) नेपाल अफगानिस्तानसँग...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...