११ भदौ, कुुुस्मा । कुुस्मा देखि बाग्लुङ जादै गरेको बस दुर्घटना भएको हुँदा चालक सहित ५ जान घाइते भएका छन् ।
बुधबार बिहान कुस्मादेखि बागलुङ्ग क्यु उठाउन जाने क्रममा ग १ ८२५२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ५ जना घाइते भएका हुन् ।
गुडिरहेको बस अनियन्त्रित भएर सडकको छेउमा रहेको रुखमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
उक्त बसमा सवार रहेका मध्ये कुस्मा नगरपालिका वडा न २.खुर्कोटका एकै परिवारका ३ जना घाइते भएका छन् । जसमा यम शर्मा उनकी श्रीमति सविना शर्मा र १८ महिना कि छोरी सजिना शर्मा रहेका छन् ।
त्यस्तै बाग्लुङ नगरपालिका ७ का प्रेम शर्मा र चालक सहित घाइते पाँचै जनाको धौलागिरी अञ्चल अस्पताल बाग्लुङ मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय पर्वतका सूचना अधिकृत राजन रायमाझिले संसार न्युजलाई जानकारी दिएका छन् । उनीहरुको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
वि.सं.२०७६ भदौ ११ बुधवार ११:०५ मा प्रकाशित




























