back

अस्पताल स्थापना हुने भएपछि स्थानीयवासीमा खुशीयाली

वि.सं.२०७६ भदौ ११ बुधवार

27 

shares


११ भाद्र, नवलपरासी । नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिए । “अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्”, उनले भने । पूर्वपश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको सो स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताए।

नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन् । विसं २०५३ मा स्थापना भएको सो स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताइन्। “यहाँ बिरामीको चाप नै छ, दैनिक ७०÷८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ”, उनले भनिन्।

सुनवलसहित रामग्राम र देवदह नगरपालिकाका केही वडाका बासिन्दा पनि यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ श्ययाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरङ्ग सेवा, ‘इन्डोर’ सेवा, प्रयोगशाला, २४ सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने वडाध्यक्ष गैरेले जानकारी दिए । (रासस)

वि.सं.२०७६ भदौ ११ बुधवार ११:०२ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की...

नयाँ व्यवसायको रुपमा कालिज पालन गर्दै किसान

नयाँ व्यवसायको रुपमा कालिज पालन गर्दै किसान

पाल्पा । पाल्पाको रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा स्थानीय किसानले...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी (बाँके) । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल...