११ भदौ, काठमाण्डौं । बहुप्रतिक्षित मेलाम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।
खानेपानी मन्त्री विना मगरले एकसाता अघि मेलाम्ची खानेपानी आयोजना तथा सरसफाईका विषयमा विज्ञ समुहको टिम समेत गठन गरसकेकी छन् ।
सोहि विज्ञ टिमका सदस्य तथा नेपाल सरकारका पूर्वसचिव ईन्जिनियर भिम उपाध्यायले सुन्दरीजलको इन्टेकको पानी खुमलटारको पानी भण्डारण ट्यांकी रिर्जभ्र्वायरसम्म एक दुई दिनमा खस्ने जनाएका छन् ।
उनका अनुसार अहिले तिनकुने, कोटेश्वर ग्वार्को, ताल्चिखेल हुँदै खुमलटारको उलेन्स स्कूल नजिकैसम्म विछच्छ्याइएको पाइपभित्र पानी पठाएर पाइपलाईन भित्र सफाई र परीक्षण कार्य जारी रहेको छ ।
वि.सं.२०७६ भदौ ११ बुधवार १२:३६ मा प्रकाशित




























