back
CTIZAN AD

तन,मन,धन र ज्ञानले सहयोग गरौं भनेर लागेको हुँ-थर्क प्रेम सेन उम्मेदवार, उपाध्यक्ष एनआरएनए

वि.सं.२०७६ भदौ ११ बुधवार

777 

shares

११ भदौ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्षमा युकेबाट थर्क प्रेम सेनले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको आगामी अक्टोबरमा हुन लागेको नवौं सम्मेलन (२०१९–२०२१) का लागि सेनले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संस्थामा तन, मन,धन अनि ज्ञानले सहयोग गरौं भनेर एनआरएनएको स्थापनाकालदेखि सक्रिय रहेका सेन एनआरएनए बेलायतको संस्थापक सदस्य, उपाध्यक्ष हुँदै आइसिसि सदस्य तथा एनआरएनएको महत्वपूर्ण विभाग एनआरएनए रोड सेफ्टी टाक्सफोर्सको संयोजक भएर महत्वपूर्ण कामहरु गर्दै आएका छन् ।

विशेष गरेको अहिले नेपालको अवस्यकता Skill, Knowledge, Innovation & Technology (SKIT) नै रहेको ठहर गरेका सेनले विभिन्न चरणमा कार्यक्रमहरु गरेर नेपालका सांसद, मन्त्रीदेखि प्रधानमन्त्री सम्मलाई युके र युरोपको रोड सेफ्टीबारे प्रस्तुति दिएका छन् । त्यहि अनुसार नेपालको सडक व्यवस्थापन गर्न सकिने भनेर युरोप र युकेको मोडलबारे जानकारीसहित आफैले तयार पारेको रोड सेफ्टीबारे लेखिएको बुक समेत हस्तान्तरण गरिसकेका छन् । ‘देशलाई यतिबेला अत्यावस्यक रहेको तथा चाहिएको Skill, Knowledge, Innovation & Technology (SKIT) मा सहयोग तथा हस्तान्तरण गरौं भन्ने मेरो मूल उद्धेश्य हो,’ सेनले संसारन्युजसँग भने, ‘देशलाई यतिबेला चाहिएको पनि त्यहि हो, सबैकुरा हामीबाटै सम्भव छ भनेर लागेको छु ।’

संस्थामा नलेज, स्किलको सेयर भन्दा पनि पछिल्लोपटक पैसा भएका नै नेतृत्वमा गएको देखिएको आरोप आइरहेको परिस्थितिमा आफूले पैसा बाड्ने नभएर त्यस्तो कुरालाई निरुत्साहित बनाउने अभियानमा आफू लागेको बताउँछन् सेन ।

संघका पाँच उपाध्यक्षपदमा पाँचवटा विभाग जिम्मादिने गरि संसोधन गरिएको संघको विधानमा महिला उपाध्यक्षलाई महिला विभाग दिइने र अन्यलाई वैदेशिक, वेलफेयर, लगानी टुरिजम र स्कील, नलेज तथा टेक्नोलोजी हेर्ने गरेर फरक विभागको जिम्मा दिइएको छ । ‘त्यहि अन्तर्गत एउटा विभाग मेरो पनि पर्छ र अहिलेसम्म त्यस क्षेत्रबाट कोही साथिहरुले दावी नगरेकोले मैले उपाध्यक्षको नेतृत्व लिएर संघमा कामगर्न पाउँछु भन्ने विश्वास छ ।’

भाषण गर्न र पैसा खन्याएर नेतृत्व लिने सोच आफ्नो नभएको बताउँने सेनले आफ्नो तर्फबाट संस्था तथा देशमा Skill, Knowledge, Innovation & Technology (SKIT) लगानी गर्नेमै विशेष ध्यान रहेको बताउँछन् ।

वि.सं.२०७६ भदौ ११ बुधवार १९:२० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...