back

विद्युत्का पोल नपाँउदा बत्तीमुनि अँध्यारो

वि.सं.२०७३ मंसिर ९ बिहीवार

477 

shares
GLOBAL IME AD
NTC AD

९ मङ्सिर,जाजरकोट । बिजुली बाल्ने सपना बोकेर बसेका यहाँको एक दुर्गम गाउँका स्थानीयवासीको आशा सपनामै बितेको छ । वर्षांैदेखि जिल्लाको खगेनकोट–५ र ६ का तीनसयभन्दा बढी घरधुरी विद्युत्का पोल नपाउँदा अन्धकारमा बस्न वाध्य भएका छन् ।

गाउँ नजिकै खमाउरे खोलाबाट निक्लिएको १५ किलोवाट विद्युत् खेर गएको भएपनि पोल किन्नका लागि रकम नहुँदा बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको खगेनकोट–६ का नारायण खत्रीले बताउनुभयो ।

अधिकांश दलितको बसोबास रहेका यी दुई वडामा रकम अभावमै विद्युत् बाल्न नपाएका हुन् । टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा पोलको माग गर्न सिंहदरबार पुगेका यहाँका स्थानीयवासीलाई काम हुन्छ भनी आश्वस्त पारिएको थियो ।

जिविसलाई यहाँका स्थानीयवासीले पटकपटक पोलको माग गरेपनि कसैले कुरा नसुन्दा बिजुली बाल्ने धोको सपनामै सीमित भएको अर्का स्थानीयवासी वीरबहादुर खत्रीले बताउनुभयो ।

ट्रान्समिटर र विद्युत्को तार, पोल गरी करिब ३२ लाखसम्म लाग्ने भएपछि स्थानीयवासी हैरान भएका हुन् । सबैले हुन्छ भन्छन् तर काम कसैले गर्दैनन् हामी दिक्क भइसक्याँै, हल्चौरका रामप्रसाद खत्रीले बताउनुभयो । गाविसका अन्य वडामा बिजुली बलेर झिलीमिली भएपनि हल्चौर गाउँ भने अन्धकार नै रहेको छ । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०४:१० मा प्रकाशित

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...

आठ अध्यादेश सर्वसम्मतिले पारित

आठ अध्यादेश सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री...