back
CTIZAN AD

सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी !

वि.सं.२०७३ मंसिर ९ बिहीवार

987 

shares

९ मङ्सिर,पाल्पा । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ ।

छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् ।

यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भन्नुभयो– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।”

कक्षा १ मा यस शैक्षिकसत्रमा तीनजना विद्यार्थी भर्ना भएकामा अहिले दुईजना विद्यार्थी अन्यत्र पढ्न गएपछि प्रमिसा विक एक्लै पढ्दै आएकी हुन् । उनले कक्षाकोठामा साथीसँग बसेर पढ्दा रमाइलो लाग्ने अनुभव सुनाउँछिन् । तर कक्षा १ मा एकजना मात्र विद्यार्थी छन्, उनका साथी शिक्षक र शिक्षिका मात्र हुन् ।

छहरा–५ मा मात्र दुईओटा प्राथमिक विद्यालय सञ्चालनमा रहेका छन् । मङ्गालमा नवज्योति प्राथमिक विद्यालय, अम्लाबासमा सल्लेरी प्राथमिक विद्यालय, नजिकै बोर्डिङ स्कुल र भैरव नवदीप उच्च माविमा विद्यार्थी बाँडिन थालेपछि सामुदायिक विद्यालयका प्रावि तहमा विद्यार्थी सङ्ख्यामा कमी हुँदै गएको हो ।

विसं २०५५ सालमा कक्षा १ सञ्चालन हुँदा एकसय चारजना विद्यार्थी भर्ना भएकामा अहिले एकजना विद्यार्थी मात्र रहेको शिक्षक पारसमणि पोखरेलले जानकारी दिनुभयो । हामीले मिहेनत गरेर विद्यार्थीलाई पढाउने, विद्यार्थी जेहेन्दार हुन थालेसँगै अभिभावकले अन्यत्र लैजाने गर्दा विद्यार्थी सङ्ख्या घट्न थालेको शिक्षकको दाबी छ ।

बाल शिक्षामा ६ जना, कक्षा १ मा एक, २ मा चार, ३ मा आठ, ४ मा आठ, ५ मा १० जना विद्यार्थीले सल्लेरी प्राविमा पढ्दै आएका छन् । अधिकांश विपन्न समुदायका छोराछोरीले मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने, आर्थिक रुपमा सबल र नेपाल सरकारका जागिरेका छोराछोरीले निजी स्कुलमा पढाउन थालेसँगै सामुदायिक विद्यालय धराशायी हँुदै गएको छ । छहरा स्रोत केन्द्रअन्तर्गत प्राविमा उत्कृष्टमध्येमा पर्ने यो प्राविको साक्षरता दर राम्रो भएको विद्यालयको दाबी छ ।

विद्यार्थी सङ्ख्या कमी भएपनि समुदायको सहयोगले विद्यालय अन्यत्र गाभिन परेको छैन । विद्यालयमा दुई राहत शिक्षक, एक करार शिक्षक, बालशिक्षिका र एकजना स्वयम्सेवक रहेका छन् ।

गाउँमा विद्यालय खोल्न नेतृत्व गर्नेले पनि अहिले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नातिनातिनीलाई पढाउँदैनन् । निजी स्कुलमा महँगो शुल्क तिरेर पढाउने होडबाजीले सामुदायिक विद्यालय अहिले आकर्षणको केन्द्र बन्न सकेको छैन । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०५:४३ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...