back
CTIZAN AD

नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको हातमा, नविलको एटिएमबाट करोडौं झिकियो

वि.सं.२०७६ भदौ १६ सोमवार

798 

shares

१६ भदौ, काठमाण्डौं । नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ ।

एटिएमका पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट पैसा झिक्ने विदेशी ह्याकर मध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । प्रहरीले आइतबार पाँच चिनियाँ नागरिकलाई १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको सोमबारको राजधानी दैनिकमा समाचार छ ।

उनीहरुले शनिबार काठमाण्डौंको दरबारमार्गस्थित नविल बैंकको एटिएम मेसिन प्रयोग गरी रकम झिकेका थिए । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकम समेत बरामद गरेको जनाएको छ ।

एटिएमबाट रकम झिक्ने क्रममा एक चिनियाँ नागरिक पक्राउ परेपछि उनी बसेको होटलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७६ भदौ १६ सोमवार ०७:२६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...