back

आज सोमबार, महादेवको दर्शन गरेर हेर्नुहोस् तपाईको राशिफल

वि.सं.२०७६ भदौ १६ सोमवार

210 

shares
NTC AD
Global IME AD

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। काम दोहोर्याएर गर्नुपर्ला ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान(सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा अनायासै व्यवधान देखा पर्न सक्छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा नयाँनयाँ अवसर आउनेछन् । तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ । लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको नाफा गुम्न सक्छ । आर्जित नगद बाहिरिनाले सञ्चय गर्न नसकिएला ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्नेछ । सम्भावना देखिए पनि सोचेको उपलब्धि हातलागी नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । मिहिनेत गर्दा स्थितिमा सुधार आउनाले सामान्य फाइदा हुनेछ । पहिलेकै समस्या दोहोरिनाले अलमलमा परिएला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । गृहस्थी यात्रा रमाइलो रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ । आफन्तहरूको साथ जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । नयाँ सवारी तथा विलासिताका साधन प्राप्त हुनेछन् ।

वि.सं. २०७६ भदौ १६ ( इ.स. २०१९ सेप्टेम्बर २)

लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०७६ भदौ १६ सोमवार ०७:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD