back
CTIZAN AD

कुलो शिलान्यासः सिँचाइमन्त्री गिरी

वि.सं.२०७३ मंसिर ९ बिहीवार

1.1K 

shares

९ मङ्सिर,दाङ । सिँचाइमन्त्री दीपक गिरीले दाङको बाघमारे गाविसस्थित बोगटी कुलोको आज एक समारोहबीच शिलान्यास गर्नुभयो ।

बाघमारे गाविसका दुईवटा गाउँलाई सिँचाइ सुविधा पुग्ने गरी निर्माण गर्न लागिएको उक्त कुलोबाट १०३ हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । रु ८५ लाखको लागतमा उक्त कुलोको निर्माण हुन लागेको हो ।

सो अवसरमा मन्त्री गिरीले दाङको पश्चिम क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सकेमा दाङ खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने बताउँदै सिँचाइ क्षेत्रमा लगानी बढाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

“अब सिँचाइ नपुगेको क्षेत्रमा सिँचाइ पुरियाउन सम्बन्धीत सबै पक्ष लाग्नुपर्छ” उहाँले भन्नुभयो– नेपाल कृषि प्रधान देश भए पनि सिँचाइको उपयुक्त व्यवस्था नहुँदा वर्षेनी लाखौँ बिगहा जग्गा बाँझै रहने गरेकाले यसतर्फ सरकार गम्भीर भएर काम गरिरहेको छ ।

कार्यक्रममा सांसद अनिता देवकोटा, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी, सिँचाइ विभागका महानिर्देशक राजेन्द्र अधिकारी, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, सचिव शङ्कर डाँगीलगायतले कुला निर्माणपछि त्यस क्षेत्रको कृषि उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:४९ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...