back

कुलो शिलान्यासः सिँचाइमन्त्री गिरी

वि.सं.२०७३ मंसिर ९ बिहीवार

843 

shares

९ मङ्सिर,दाङ । सिँचाइमन्त्री दीपक गिरीले दाङको बाघमारे गाविसस्थित बोगटी कुलोको आज एक समारोहबीच शिलान्यास गर्नुभयो ।

बाघमारे गाविसका दुईवटा गाउँलाई सिँचाइ सुविधा पुग्ने गरी निर्माण गर्न लागिएको उक्त कुलोबाट १०३ हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । रु ८५ लाखको लागतमा उक्त कुलोको निर्माण हुन लागेको हो ।

सो अवसरमा मन्त्री गिरीले दाङको पश्चिम क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सकेमा दाङ खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने बताउँदै सिँचाइ क्षेत्रमा लगानी बढाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

“अब सिँचाइ नपुगेको क्षेत्रमा सिँचाइ पुरियाउन सम्बन्धीत सबै पक्ष लाग्नुपर्छ” उहाँले भन्नुभयो– नेपाल कृषि प्रधान देश भए पनि सिँचाइको उपयुक्त व्यवस्था नहुँदा वर्षेनी लाखौँ बिगहा जग्गा बाँझै रहने गरेकाले यसतर्फ सरकार गम्भीर भएर काम गरिरहेको छ ।

कार्यक्रममा सांसद अनिता देवकोटा, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी, सिँचाइ विभागका महानिर्देशक राजेन्द्र अधिकारी, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, सचिव शङ्कर डाँगीलगायतले कुला निर्माणपछि त्यस क्षेत्रको कृषि उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:४९ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...