back
CTIZAN AD

इपानद्वारा ऊर्जा सम्मेलनको तयारी

वि.सं.२०७३ मंसिर ९ बिहीवार

900 

shares

९ मङ्सिर,काठमाडौँ । सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ ।

ऊर्जा मन्त्रालयको संरक्षकत्वमा इपानले आयोजना गर्ने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सरोकार भएका निकाय, चीन, भारत, नर्वे, अमेरिकालगायत मुलुकका प्रतिनिधि सहभागी हुने इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिनुभयो ।

इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी ९९ बुँदे अवधारणालाई पूर्णरुपमा कार्यान्वयनका लागि आग्रह गर्ने, नेपाली लगानीकर्तालाई लगानीका लागि सहज वातावरण तयार पार्नेलगायत योजना रहेका छन् ।

पछिल्लो पटक सरकारले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त पारेकोमा इपानले धन्यवाद दिँदै त्यसको स्थायित्वका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्न तत्कालका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने भए पनि दीर्घकालमा त्यसले प्रभाव पार्ने भएकाले नेपाली लगानीकर्तालाई विद्युत् उत्पादनमा अभिप्रेरित गर्न र आवश्यक सहयोग उपलब्ध गराउन इपानले माग गरेको छ ।

“भारतबाट विद्युत् आयात गर्ने मानसिकता त्यागेर आन्तरिक उत्पादन बढाउनतर्फ लाग्नुपर्छ,” विष्टले भन्नुभयो– “ऊर्जा सुरक्षालगायतका विषयका आधारमा नेपाली लगानीकर्तालाई नै विश्वासमा लिएर सरकारले काम गरोस् । आवश्यक परेको समयमा मात्र बिजुली लिन्छु अरु बेला हामीलाई थाहा छैन भन्ने मान्यता नेपाल विद्युत् प्राधिरकणले त्याग्नुपर्छ ।”

सन् २०२२ सम्म विकासोन्मुख राष्ट्रमा फड्को मार्न १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । इपानका महासचिव कुमार पाण्डेले प्राधिकरणले नेपाली प्रवद्र्धकको विद्युत् सहज तरिकाले खरिद गर्नुपर्ने र कुनै पनि शर्त राख्न नहुने सुझाव दिनुभयो । इपानकै उपाध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाली लगानी नेपालभित्रे रहने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:२१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...