दार–ए– सलाम तान्जानिया । आउदो डिसेम्बर २४ र २५ तारिखमा तान्जानियाको दार–ए–सलाममा सम्पन्न हुने दोश्रो अफ्रिका क्षेत्रिय बैठकको तयारी तिब्र रुपमा अगाडि बढेको छ । गैर आबासिय नेपाली संघको आयोजना र प्रिटोरिया स्थित नेपाल दुतावशको सहयोगमा आयोजना हुने बैठकले अफ्रिका महादेशमा रहेका गैर आबसिय नेपालीहरुले भोग्नु परेका समस्याहरु र तिनको समाधानका लागि आबश्यक छलफल गर्नेछ । साथै नेपालबाट अफ्रिका ट्रान्जिट भएर हुने गरेको मानब तस्करी , दुतावश र कुटनैतीज्ञ निकाय नहुँदा खासमा नेपाली श्रमिकले भोग्नु परेका समस्या ,अफ्रिका रहात कोषको बिस्तार लगाएत बिषयमा छलफल गर्नेछ ।
बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुको उपस्थिती रहनेछ । बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सहसंयोजक रहेको एक आयोजक समिती गठन भएको छ ।
कार्यक्रमको तयारीका लागि अहिले तीब्र गतिमा काम भईरहेको संयोजक सुनिल कार्कीले बताएका छन । बैठकमा साउथ अफ्रिकाका लागि नेपाली राजदुत अमृत राई लगाएत एनआरएनएका पदाधिकारीहरुको ठुलो संख्यामा उपस्थिती रहनेछ ।
दोश्रो अफ्रिका क्षेत्रिय बैठकका एजेन्डाहरु यसप्रकार छन ः
१ हाल अफ्रिकामका अधिकांस मुलुकहरुमा नेपालीहरु रोजगार र ब्यापारको सन्दर्भमा पुग्न थालेको र प्रत्येक बर्ष संख्या बढी रहेको छ । एनआरएनएले समेत १५ देशमा राष्ट्रिय समन्वय समिती गठन गरी सकेको र अझै गठन हुने क्रम जारी छ । तर नेपाल दुतावश हालसम्ममा प्रिटोरिया ( साउथ अफ्रिका ) र कायरो ( इजिप्ट )मा मात्र रहेकोले राहदानी नविकरन ,श्रम स्विकृति र आपत बिपतमा पर्दा हेर्ने निकाय धेरै मुलुकमा नहुँदा अपठ्यारो पर्ने गरेको छ । यसैले यसमा छलफल गरी नेपाल सरकारलाई सुझाब सहित कुटनीतिक निकाय बढाउन आग्रह गर्ने ।
२. अफ्रिकामा नेपाल बाट अबैध रुपमा मानब ओसारप्रसार भई अलपत्र पारिने गरेको र नेपाली युबतीलाई समेत नर्तकिको रुपमा अबैध रुपमा ल्याइ अप्ठ्यारोमा पार्ने गरेकोले यस्को समाधान कसरी हुन सक्छ छलफल गरी नेपाल सरकारलाई अनुरोध गर्ने ।
३. अफ्रिका प्रथम क्षेत्रिय बैठकले ( २०१४ )मा स्थापना गरिएको एनआरएनए अफ्रिका राहत कोषमा थप रकम जम्मा गर्दै यसलाई अझै प्रभावकरी बनाउने ।
४ अफ्रिकाको पर्यटनको अनुभव बाट नेपालमा पर्यटन प्रबद्र्धन गर्न आबश्यक प्रयास र समन्वय गर्ने । अफ्रिकामा रहेका भारतीय मुलका प्रवाशीहरुलाई नेपालमा धार्मिक पर्यटनका लागि लैजान आवश्यक प्रयास गर्ने
५ साथै अफ्रिकामा रहेका समन्वय समितिलाई अझै सकृय बनाउन छलफल गर्ने र कार्ययोजना बनाउने
वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:०६ मा प्रकाशित