back
CTIZAN AD

दोश्रो एनआरएनए अफ्रिका क्षेत्रिय बैठकको तयारी तिब्र

वि.सं.२०७३ मंसिर ९ बिहीवार

855 

shares

दार–ए– सलाम तान्जानिया । आउदो डिसेम्बर २४ र २५ तारिखमा तान्जानियाको दार–ए–सलाममा सम्पन्न हुने दोश्रो अफ्रिका क्षेत्रिय बैठकको तयारी तिब्र रुपमा अगाडि बढेको छ । गैर आबासिय नेपाली संघको आयोजना र प्रिटोरिया स्थित नेपाल दुतावशको सहयोगमा आयोजना हुने बैठकले अफ्रिका महादेशमा रहेका गैर आबसिय नेपालीहरुले भोग्नु परेका समस्याहरु र तिनको समाधानका लागि आबश्यक छलफल गर्नेछ । साथै नेपालबाट अफ्रिका ट्रान्जिट भएर हुने गरेको मानब तस्करी , दुतावश र कुटनैतीज्ञ निकाय नहुँदा खासमा नेपाली श्रमिकले भोग्नु परेका समस्या ,अफ्रिका रहात कोषको बिस्तार लगाएत बिषयमा छलफल गर्नेछ ।

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुको उपस्थिती रहनेछ । बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सहसंयोजक रहेको एक आयोजक समिती गठन भएको छ ।
कार्यक्रमको तयारीका लागि अहिले तीब्र गतिमा काम भईरहेको संयोजक सुनिल कार्कीले बताएका छन । बैठकमा साउथ अफ्रिकाका लागि नेपाली राजदुत अमृत राई लगाएत एनआरएनएका पदाधिकारीहरुको ठुलो संख्यामा उपस्थिती रहनेछ ।
दोश्रो अफ्रिका क्षेत्रिय बैठकका एजेन्डाहरु यसप्रकार छन ः
१ हाल अफ्रिकामका अधिकांस मुलुकहरुमा नेपालीहरु रोजगार र ब्यापारको सन्दर्भमा पुग्न थालेको र प्रत्येक बर्ष संख्या बढी रहेको छ । एनआरएनएले समेत १५ देशमा राष्ट्रिय समन्वय समिती गठन गरी सकेको र अझै गठन हुने क्रम जारी छ । तर नेपाल दुतावश हालसम्ममा प्रिटोरिया ( साउथ अफ्रिका ) र कायरो ( इजिप्ट )मा मात्र रहेकोले राहदानी नविकरन ,श्रम स्विकृति र आपत बिपतमा पर्दा हेर्ने निकाय धेरै मुलुकमा नहुँदा अपठ्यारो पर्ने गरेको छ । यसैले यसमा छलफल गरी नेपाल सरकारलाई सुझाब सहित कुटनीतिक निकाय बढाउन आग्रह गर्ने ।
२. अफ्रिकामा नेपाल बाट अबैध रुपमा मानब ओसारप्रसार भई अलपत्र पारिने गरेको र नेपाली युबतीलाई समेत नर्तकिको रुपमा अबैध रुपमा ल्याइ अप्ठ्यारोमा पार्ने गरेकोले यस्को समाधान कसरी हुन सक्छ छलफल गरी नेपाल सरकारलाई अनुरोध गर्ने ।
३. अफ्रिका प्रथम क्षेत्रिय बैठकले ( २०१४ )मा स्थापना गरिएको एनआरएनए अफ्रिका राहत कोषमा थप रकम जम्मा गर्दै यसलाई अझै प्रभावकरी बनाउने ।
४ अफ्रिकाको पर्यटनको अनुभव बाट नेपालमा पर्यटन प्रबद्र्धन गर्न आबश्यक प्रयास र समन्वय गर्ने । अफ्रिकामा रहेका भारतीय मुलका प्रवाशीहरुलाई नेपालमा धार्मिक पर्यटनका लागि लैजान आवश्यक प्रयास गर्ने
५ साथै अफ्रिकामा रहेका समन्वय समितिलाई अझै सकृय बनाउन छलफल गर्ने र कार्ययोजना बनाउने

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:०६ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...