back
CTIZAN AD

मछिन्द्रनाथ मङ्सिर २० मा पाटन ल्याइने

वि.सं.२०७३ मंसिर १० शुक्रवार

993 

shares

१० मङ्सिर,ललितपुर । छ महिनादेखि बुङ्गमतीमा रहेको मछिन्द्रनाथ देवतालाई यही मङ्सिर २० गते पाटन ल्याइँदैछ ।

ज्योतिषले बिहीबार साइत हेरेर मङ्सिर २० गते ल्याउनु उपयुक्त भएको बताएका छन् । मछिन्द्रनाथको साइत हेर्दै आउनुभएका कीर्तिकिरण जोशीले धान्य पूर्णिमाभन्दा पहिले नै देवतालाई पाटन ल्याउने गरिएको बताउनुभयो ।

बुङमतीको मछिन्द्रनाथको मन्दिरमा देवता रहेकामा पाटन ल्याएपछि मछिन्द्रबहालस्थित मछिन्द्रनाथको मन्दिरमा राखिन्छ । उहाँले भन्नुभयो, “मङ्सिरको बिहीबार साइत हेरेर मङ्सिरमा नै देवतालाई पाटन ल्याउने गरिएको छ ।” उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रा ६ महिनासम्म सञ्चालन हुने गरेको छ ।

देवता ६÷६ महिना पाटन र बुङमती रहने गर्छन् । बुङमतीमा रहँदा महिनामा एकपटक मात्रै पूजा हुने गरेपनि पाटनमा विभिन्न किसिमका पर्व÷जात्रा सञ्चालन हुने गर्छन् । देवता पाटनमा ल्याएपछि नै काठ काट्ने, रथ बनाउने लगायतका तयारी सुरु हुने गुठी संस्थान, ललितपुर शाखाका प्रमुख बैकुण्ठ आचार्यले बताउनुभयो ।

मछिन्द्रनाथ जात्राका लागि वर्षमा दुईपटक साइत हेर्ने गरिएको छ । बुङमतीबाट पाटन ल्याउनका लागि एकपटक र भोटो जात्रा हुने समयमा लगनखेलबाट जावलाखेल लैजानका लागि अर्काे पटक साइत हेर्ने गरिन्छ । लगनखेलबाट जावलाखेल देवता पु¥याएको चारदिन पछि भोटो जात्रा सञ्चालन हुने गरेको छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०२:५७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...