back

पर्यटकीय ‘रिमिघा लेक’ ओझेलमा

वि.सं.२०७३ मंसिर १० शुक्रवार

891 

shares
GLOBAL IME AD
NTC AD

रामपुर (पाल्पा)। पाल्पा जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा रहेको रिमिघा लेक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।

फोक्सिङकोट र पिपलडाँडा गाउँ विकास समितिको शीरमा रहेको यो रिमिघा लेक समुद्र सतहदेखि एकहजार सातसय ९४ मिटर उचाइमा रहेको छ । रिमिघा लेक जैविक विविधताको हिसाबले धनी मानिन्छ ।

रिमिघा लेकमा जोगी गुफा, देश हेर्ने ढुङ्गा, टुँडिखेल, विशाल चउर, इनार, भुरे राजाले बनाएका घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिकस्थलसमेत रहेका छन् । यस क्षेत्रमा भ्यू टावर निर्माण, खानेपानी व्यवस्थापन, क्रिडास्थल निर्माण, मोबाइल नेटवर्क विस्तार, जोगी गुफा जाने बाटो निर्माण, रिमिघासम्म पुग्ने मोटरबाटो निर्माण र विकास हुन नसकेको स्थानीयवासी एवत सारुले बताउनुभयो ।

यहाँबाट एकै नजरमा हिमाल, पहाड र तराई क्षेत्रको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ रहेको माछापुच्छ«्रे, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी अग्लाअग्ला डाँडाका साथै तराईको समथर मैदान देखिने यस पर्यटकीय रिमिघा लेकको विकासका लागि आर्थिक अभावले पर्यटन विस्तार हुन नसकेको हो ।

फोक्सिङकोट गाविस तथा पिपलडाँडा गाविस कार्यालयबाट रिमिघा लेक पर्यटन प्रवद्र्धन गर्न समय–समयमा बजेट छुट्याए पनि पर्याप्त बजेट नहुँदा यहाँको पर्यटन क्षेत्रले विकासको गति लिन नसकेको हो ।

साहसिक खेल प्याराग्लाइडिङका लागि रिमिघा लेक राम्रो गन्तव्य बन्न सक्ने सम्भावनाका रुपमा पनि रहेको छ । यस्ता सांस्कृतिक, धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको संरक्षण हुन नसक्दा यिनको अस्तित्व र महत्व गुम्दै गएको छ ।

रिमिघा लेकमा प्रत्येक नयाँ वर्षका अवसरमा हुँगी, ताहुँ, हुमिन, गेझा, हेक्लाङ, वीरकोट, जल्पा, फोक्सिङकोट, पिपलडाँडालगायत विभिन्न क्षेत्रबाट पिकनिकका साथै घुमफिर गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी नारायण मश्राङ्गीले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०२:५८ मा प्रकाशित

चन्दा सङ्कलन गरेर सामुदायिक पदमार्गको नक्शा तयार

चन्दा सङ्कलन गरेर सामुदायिक पदमार्गको नक्शा तयार

म्याग्दी । समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र...

चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपालमा

चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपालमा

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को...

पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा...

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

सुवास दर्नाल, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ,...

धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण

धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण...

पर्यटकीय गन्तव्य ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

पर्यटकीय गन्तव्य ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

युवराज विष्ट/भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र...