back
CTIZAN AD

आरक्षबाट निस्केको अर्नाको मृत्यु

वि.सं.२०७३ मंसिर १० शुक्रवार

882 

shares

१० मङ्सिर,इनरुवा। सुनसरीको पश्चिम कुशाहा–४ मा एउटा अर्नाको बिहीबार मृत्यु भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरन गर्नका लागि निस्केको अर्नाको बिहीबार पश्चिमकुशाहा–४ मा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले धानबाली सुरक्षाका लागि लगाएको करेन्ट लागेर अर्नाको मृत्यु भएको स्थानीयवासीले बताए ।

आरक्षको कार्यालयदेखि पूर्वतर्फ करिब पाँचसय मिटरको दूरी क्षेत्रमा अर्नाको मृत्यु भएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । अर्नाको मृत्यु भएको विषयमा आफूलाई पनि जानकारी आएको तर अर्नाको शवपरीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय सुनसरीको समन्वयमा सप्तरी जिल्लाबाट डाक्टरको टोली बोलाइएको संरक्षण अधिकृत साहले बताउनुभयो ।

अर्नाको शवपरीक्षण भएपछि मात्र के कारणले मृत्यु भएको भन्ने विषयमा थाहा हुने संरक्षण अधिकृत साहले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०३:०० मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...