back

आरक्षबाट निस्केको अर्नाको मृत्यु

वि.सं.२०७३ मंसिर १० शुक्रवार

516 

shares
GLOBAL IME AD
NTC AD

१० मङ्सिर,इनरुवा। सुनसरीको पश्चिम कुशाहा–४ मा एउटा अर्नाको बिहीबार मृत्यु भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरन गर्नका लागि निस्केको अर्नाको बिहीबार पश्चिमकुशाहा–४ मा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले धानबाली सुरक्षाका लागि लगाएको करेन्ट लागेर अर्नाको मृत्यु भएको स्थानीयवासीले बताए ।

आरक्षको कार्यालयदेखि पूर्वतर्फ करिब पाँचसय मिटरको दूरी क्षेत्रमा अर्नाको मृत्यु भएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । अर्नाको मृत्यु भएको विषयमा आफूलाई पनि जानकारी आएको तर अर्नाको शवपरीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय सुनसरीको समन्वयमा सप्तरी जिल्लाबाट डाक्टरको टोली बोलाइएको संरक्षण अधिकृत साहले बताउनुभयो ।

अर्नाको शवपरीक्षण भएपछि मात्र के कारणले मृत्यु भएको भन्ने विषयमा थाहा हुने संरक्षण अधिकृत साहले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०३:०० मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...