back

राहत प्याकेज माग गर्न उपसमिति गठन

वि.सं.२०७३ मंसिर १० शुक्रवार

609 

shares
GLOBAL IME AD
NTC AD

 १० मङ्सिर,भोजपुर । भोजपुरका आगलागी पीडितका लागि सरकारसँग राहत प्याकेज माग गर्ने विषयमा सात सदस्यीय प्याकेज निर्माण उपसमिति गठन गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले पूर्वसांसद सुदन किराँतीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको हो ।

आगलागी पीडितका लागि सरकारसंग राहत प्याकेज मागगरी पठाउने विषय तयार गरी उपसमितिले तीन दिनभित्रमा प्याकेज तयार गरी सक्नुपर्ने भएको छ । उपसमितिले आगलागी पीडितका लागि सङ्कलन भएको राहत रकम कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने ढाँचासमेत तयार गर्ने जिम्मेवारी पाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले आगलागीबाट ध्वस्त संरचना हटाएर अस्थायी रुपमा भए पनि सोही जग्गामा बस्ने वातावरण बनाउन नेपाली सेनाको रणबम गण र सशस्त्र प्रहरी टक्सार गुल्मलाई सहयोग माग्ने निर्णयसमेत गरेको छ । बैठकमा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शर्माले आगलागी पीडितका लागि हालसम्म सात लाख २७ हजार आठसय एक रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभयो ।

सोही क्रममा भोजपुर नगरपालिका–७ डाँडागाउँका नरहरि राईले रु ५० हजार र सगरमाथा ट्याक्सी व्यवसायी सङ्घबाट सङ्कलित रु २५ हजार पनि जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ शर्मालाई बुझाउनुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०२:५९ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...