back
CTIZAN AD

राहत प्याकेज माग गर्न उपसमिति गठन

वि.सं.२०७३ मंसिर १० शुक्रवार

969 

shares

 १० मङ्सिर,भोजपुर । भोजपुरका आगलागी पीडितका लागि सरकारसँग राहत प्याकेज माग गर्ने विषयमा सात सदस्यीय प्याकेज निर्माण उपसमिति गठन गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले पूर्वसांसद सुदन किराँतीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको हो ।

आगलागी पीडितका लागि सरकारसंग राहत प्याकेज मागगरी पठाउने विषय तयार गरी उपसमितिले तीन दिनभित्रमा प्याकेज तयार गरी सक्नुपर्ने भएको छ । उपसमितिले आगलागी पीडितका लागि सङ्कलन भएको राहत रकम कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने ढाँचासमेत तयार गर्ने जिम्मेवारी पाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले आगलागीबाट ध्वस्त संरचना हटाएर अस्थायी रुपमा भए पनि सोही जग्गामा बस्ने वातावरण बनाउन नेपाली सेनाको रणबम गण र सशस्त्र प्रहरी टक्सार गुल्मलाई सहयोग माग्ने निर्णयसमेत गरेको छ । बैठकमा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शर्माले आगलागी पीडितका लागि हालसम्म सात लाख २७ हजार आठसय एक रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभयो ।

सोही क्रममा भोजपुर नगरपालिका–७ डाँडागाउँका नरहरि राईले रु ५० हजार र सगरमाथा ट्याक्सी व्यवसायी सङ्घबाट सङ्कलित रु २५ हजार पनि जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ शर्मालाई बुझाउनुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०२:५९ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...