back

पूर्वसभासद् कार्की जेल चलान

वि.सं.२०७६ भदौ १९ बिहीवार

582 

shares
GLOBAL IME AD
NTC AD

१९ भदौ, काठमाडौंँ । अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् ।
अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।
अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो ।
विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महीना कैद र बिगोबमोजिम रु एक÷एक लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । (रासस)

वि.सं.२०७६ भदौ १९ बिहीवार १४:३६ मा प्रकाशित

‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’

‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको...

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख...

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि...

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको...