back
CTIZAN AD

कसरी हुन्छ एटिएम ह्याकिङ ! एटिएम ह्याकिङका मुख्य दोषी को ?

वि.सं.२०७६ भदौ १९ बिहीवार

897 

shares

नेपालमा एउटा अत्यन्तै डर लाग्दो घटना हालै भएको छ । त्यो हो एटिएमह्याक । यसले बैंकर र बैंकको सफ्ट्वेयर सेक्यूरेटीका बारेमा प्रश्न मात्रै उठेको छैन । बैंकहरुको एटिएम सुरक्षा माथी पनि प्रश्न उठेको छ । एक सीइओले नाम नलेख्ने शर्तमा भने, २८ वाणिज्य बैंक मध्ये १२÷१५ वटा बाहेक सबैको बैकिङ्ग सफ्ट्वेयर नक्कली छ । कम मुल्यको छ । केही बैंकहरुले हालै ‘फिनाकल–१०’ जस्ता राम्रा सफ्ट्वेयर चलाएका छन् । नक्कली सफ्ट्वेयर भएका बैंकहरुमा फेरि भोली अर्को काण्ड नहोला भन्न सकिदैन । उनीले प्रस्टै भने, अधिकाशं बैंकको एटिएम मेसिन र कार्ड नै चीनका कम्पनीहरुले बनाएका छन् । सस्ता छन् । कमिशन खाएर नेपाल ल्याएका छन् । यी मेसिन र कार्डबाट ग्राहकले विश्वास गर्ने ठाँउ नै छैन ।

चिनीयाँ ह्याकरहरुले भारत, स्पेन, हङकङ जस्ता विकसित देशमा एटिएम ह्याक गरी अरबौं पैसा चोरी गर्न सफल भएका घटना हामीले सुन्न र पढ्न पायौं । तर, त्यही चिनीयाँ ह्याकरहरुले नेपालबाट एटिएम ह्याक गरी रकम चोरी गरी लैजान पाएनन् । यो खुशीकै पक्ष मानिन्छ । यो नेपाल प्रहरी र बैंकहरुकै सूचनाले बचेको होला । तर, लाखौं पैसा मेसिनमा राखी रातभरी छाडा गाईबस्तु जस्तै गरी छोडिदिने, सुरक्षा नगर्ने, गार्ड नराख्ने, यो चाँही कस्तो बैकिङ्ग हो ? पैसा असुल गरी काम गर्ने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) कै कारण वा कमजोरीले पैसा चोरी भएको भए उसलाई किन कारवाही नगर्ने ? यो प्रश्न अहिले बजारमा चर्चाको विषय बनेको छ ।
अहिले सुनिन्छ नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)मा आवद्ध भएका ११ वाणिज्य बैंकका एटिएम प्रयोग गरी करोडौं पैसा एटिएमबाट चोरिएको छ । ७ वटा विकास बैंक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)संग आवद्ध छन् भनिएको छ ।

यो खुशीकै पक्ष मानिन्छ । यो नेपाल प्रहरी र बैंकहरुकै सूचनाले बचेको होला । तर, लाखौं पैसा मेसिनमा राखी रातभरी छाडा गाईबस्तु जस्तै गरी छोडिदिने, सुरक्षा नगर्ने, गार्ड नराख्ने, यो चाँही कस्तो बैकिङ्ग हो ? पैसा असुल गरी काम गर्ने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) कै कारण वा कमजोरीले पैसा चोरी भएको भए उसलाई किन कारवाही नगर्ने ? यो प्रश्न अहिले बजारमा चर्चाको विषय बनेको छ ।

अहिले सुनिन्छ नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)मा आवद्ध भएका ११ वाणिज्य बैंकका एटिएम प्रयोग गरी करोडौं पैसा एटिएमबाट चोरिएको छ । ७ वटा विकास बैंक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)संग आवद्ध छन् भनिएको छ ।

यति धेरै पैसा निकाल्दा भिसा कार्डको मुख्य कार्यालय अमेरिकाले पटक÷पटक मेल र टेलिफोन गर्दा पनि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) कहाँ सुतेर बसेको थियो । नेप्सका सीइओ प्रविण प्रकाश क्षेत्रीलाई किन अनुसन्धान नगर्ने, अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ? यसको उत्तर छ ?

चिनीया ह्यारको डलर साट्नेलाई पक्राउ गरी अनुसन्धान गर्ने । तर, पैसा दिन अनुमति दिने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीइओ क्षेत्रीलाई र सञ्चालकहरुलाई किन कारवाही नगर्ने ?

अर्को पक्ष बैंकहरुको पनि कमजोरी । त्यो हो ‘मोनिटरिङ इज मोर इन्पोटेण्ट’ यस विषयमा बैंकहरु फेल भएका छन् । यति सम्म की एटिएममा पैसा सकियो भने पटक÷पटक ग्राहकले टेलिफोन र निवेदन दिए पछि पैसा एटिएममा राख्ने र जनताको डिपोजिटमा करोडका गाडी र लाखौं तलब खाने सीइओ सावहरु अब सचेत भए हुन्छ । जनता २१ औं शताब्दीका चलाख र पढेलेखेका छन् । यो बुझ्नु जरुरी देखिन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपाल भनिरहेका छन्, आफ्नो पद र प्रतिष्ठा जोगाउन शक्ति केन्द्र धाउने सीइओ साबहरुले पैसाको सुरक्षा आफै गर्न सक्नुपर्दछ । उनीकै शब्द सापटी लिने हो भने पद र प्रतिष्ठा शक्तिकेन्द्र धाउँदा जोगिन्छ । तर, पैसा एटिएम भित्रैबाट हराउँछ । एटिएम रातारात ह्याक हुन्छ । यो जोगाउने काम सीइओहरुको हो कि होइन ? जनताको पैसा बढाउने, सुरक्षित गर्ने, समयमा दिने, कर्जा दिने जस्ता महत्वपूर्ण काम गर्ने र उच्च जोखिम बहन गर्ने भएकोले सीइओ साबहरुलाई सञ्चालकहरुले करोडौंको गाडी र लाखौं मासिक भत्ता दिएको होला नि ! त्यसकारण बैंकमा पुगेको पैसाको जिम्मा अब बैंकका सीइओ र सञ्चालकले नै लिन पर्दछ कि पर्दैन ? घटना भएपछि अर्को कम्पनीको कारण भएको हो भन्दै पन्छिन मिल्दैन । यो सरासर गैरजिम्मेवार कुरा भएन र ? यो प्रश्मा छलफल र बहस किन नगर्ने ?

फेरि यस्ता घटना नदोहोरिउन भन्ने हो भने कमसेकम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीइओ क्षेत्री र बैंकका सीइओलाई समेत बयान लिई अनुसन्धान गर्नु पर्दछ की पर्दैन ?
चिनीयाँ ह्याकहरुले विश्वका अधिकाशं देशमा यस्तो एटिएम ह्याक गरी पैसा चोरी गरेको घटना दिन प्रतिदिन आएका छन् ।

यस्तो नेपालमा होला भन्ने ज्ञान बैंकका सीइओ र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का मालिकहरुलाई हुनु जरुरी हुन्छ की हुँदैन ? त्यसकारण नेपाल प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का सीइओ क्षेत्री र एटिएम कार्ड प्रयोग भएका बैंकहरुका सीइओहरु माथि तत्कालै अनुसन्धान गरिनु जरुरी देखिन्छ । स्मरणीय के छ भने नेप्सको आफ्नै आधिकारिक अनलाइन समेत सेक्युर देखिदैन ।

यो विश्वका देशमा राम्रा राम्रा सेक्यूरेटी सिस्टम प्रयोग गरिएका सर्वरहरुबाट सञ्चालन गरिएका इन्टरनेटबाट चल्दैन अथवा खुल्दैन । सरकारले यस्तो सम्वेदनशिल कामको जिम्मेवारी सरकारी निकायबाट गरिनु पर्दछ । एउटा व्यक्ति विशेषबाट सञ्चालित संस्थाबाट गरिनु हुँदैन ।

लेखकः नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति सदस्य छन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १४:४६ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...