back
CTIZAN AD

एनआरएनए लेबनानको अध्यक्षमा पुन : अशोक थापा

वि.सं.२०७६ भदौ १९ बिहीवार

999 

shares

१९ भदौ, लेवनान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) लेवनानको अध्यक्षमा पुन : अशोक थापा चयन भएका छन् ।

सेप्टेम्बर १ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले अध्यक्षमा थापालाई चयन गर्दै उपाध्यक्षमा राम सिंह तामाङ्ग, महासचिवमा धमेन्द्र दाहाल, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा हेम मगर, सहकोषाध्यमा धना सुनार युवा संयोजकमा कृष्ण घिमीरे, महिला संयोजकमा मन्जु मोक्तान, र सदस्यहरुमा सुन्दरी तामाङ्ग, देवीका तामाङ्ग र विनोद शर्मा लाई चयन गरेको छ ।

यसैगरी भुपु आईसिसी सदस्य डिल्ली पौड्याल, शत्रुघन मण्डल, नारायण दाहाल, सरु गुरुङ र इन्द्रानी गुरुङ संघको सल्लाहकारमा चयन गरिएको छ ।

नेपाली महिलाको महान् पर्व हरितालिका तीजको बिषेश अवसर पारेर बेरुतको जोनिमा पर्ने क्यारयासिन हल अर्थात स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा कार्यवाहक अध्यक्ष अशोक थापाको सभापतित्व तथा २०१९ र ०२१ अधिवेशनको संयोजक आईसिसी सदस्य डिल्ली पौड्यालद्धारा सपथ खुवाइएको थियो ।

नवनिर्वाचित पदाधिकारीले जस्तोसुकै परिस्थीतीमा पनि आफ्नो क्षमता र प्रतिबद्धताका साथ लक्ष्य र उद्धेश्यको लागि, लागिपर्ने प्रतिबद्धता सहित सपथ ग्रहण गर्दै औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको थियो ।

Honorary Consulate of Nepal  सेक मोहम्मद बुझाइलाई निम्त्याएको सो कार्यक्रममा कारणवश उनको उनुपस्थितिमा फस्ट सेक्रेटरी Wael zantout  त को प्रमुख आथित्यता रहेको थियो भने अतिथिको रुपमा कारितासबाट nouna roukoss  र सहयोगीको रुपमा mr.fardy रहेका थिए । उनीहरुले हरितालीका तिजको शुभकामना दिदै नयाँ समितीलाई बधाई तथा शुभकामना थिएका थिए ।

सोही अवसरमा अतिथिहरुलाई आईसिसि सदस्य डिल्ली पौड्यालले खादा ओडाएर सम्मान गरेका थिए ।

प्रयास दाहालको संचालनमा कार्यक्रम संयोजन रहेको सो अवसरमा विभिन्न मनोरञ्जन तथा सास्कृतिक कार्यक्रमसहित चेलीवेटीलाई तिजको दरसंगै मिष्ठान भोजन खुवाएर कार्यक्रमको समापन गरिएको थियो ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १४:४७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...