back
CTIZAN AD

आर्थिक मन्दीका कारण आबुधाविको युनिभर्सल अस्पताल बन्द

वि.सं.२०७६ भदौ २१ शनिवार

855 

shares

२१ भदौ, काठमाण्डौं । युएईको आवुधाविमा रहेको युनिभर्सल अस्पताल वित्तिय कारण देखाउँदै बन्द भएको छ ।
भारतमा रहेका उक्त अस्पतालका मालिकले भने आफ्नो प्रष्ठिा गिराउन आन्तरिक रुपमा कथित जाल रचिएको बताएका छन् ।

अस्पतालका मालिक डा. शबिर नेलिकोडेले भने, ‘मलाई देशबाट खतरा छ । एक व्यक्ति, पूरै तरहबाट यस्तो स्थितिको लागि जिम्मेवार छ । जसको भित्र म छु ।’ युएईबाट प्रकाशित हुने खलीज टाइम्स अनलाईनले लेखेको छ ।

उनले एक व्यक्तिको नाम समेत खुलाउँदै यस्तो समस्या समाधानका लागि उक्त व्यक्तिसँग १८ पटक भेटेको तर उसले उनको प्रतिष्ठा र अस्पताललाई नस्ट गरिदिने धम्की दिएको ती डाक्टरले खलीज टाइम्सलाई भारतको केरलाबाट फोनमार्फत् बताएका छन् ।

नेलिकोडका अनुसार यो वर्ष मईबाट सुरु भएको चार महिनामा अधिक समय बीमा भुक्तानका लागि अवरुद्ध रहेका कारण अस्पतालको वित्तिय अवस्था खराब रहेको थियो । उनले भने, ‘हामीले १०० मिलियन बराबरी गुमायौं । हाम्रो सबै समस्याको सुरुवात यहाँबाट भएको थियो ।’
स्वास्थ्य विभाग आबुधाबीले यसबारेमा पृष्टि गर्दै मालिकको अनुरोधका कारण अस्प्ताल बन्द गरिएको बताएको छ । ‘यसको मालिकको अनुरोधपछि युनिवर्सल अस्प्ताल बन्द गर्ने मन्जुरी दिइएको हो । सबै विरामीलाई वैकल्पिक अस्पतालमा तुरुन्तै लगियो र उनीहरुको उपचारका लागि सोहि अस्प्तालबाट मुआब्जा भराइएको हो ।’

अस्पताल शुत्रका अनुसार अघिल्लो साताबाट विरामीलाई भर्ना गर्न बन्द गरिएको हो ।
झण्डै २०० शैथ्या रहेको उक्त अस्पताल अहिले बन्द भएको छ । केही स्वास्थ्य सुरक्षा सम्बन्धी नियम पूरा गर्न नसकेका कारण उक्त अस्प्ताल असफल भएको बताइन्छ । अप्रिलबाट स्वास्थ्य विभागले उक्त अस्पताल स्थायी रुपमा बन्द गराइदिएको हो ।

अस्पताल अचानक बन्द हुँदा अस्प्तालमा कार्यरत ५ सय भन्दा बढी कर्मचारीले महिनौदेखि तलब नपाएको बताएका छन् । नाम नबताउने शर्तमा एक कर्मचारीले भने, ‘मेरो चार महिनादेखिको तलब बाँकी छ । हामी बुझ्छौ कि, अस्पतालमा केही वित्तिय मुद्दा छ, तर हामी आसा गछौं यो अवस्था स्थिर हुनेछ ।’

त्यस्तै सोहि अस्पतालमा कार्यरत एक पूर्वडाक्टरले पनि महिनौसम्म आफूले तलब नपाएको बताएका छन् ।

अस्प्तालमा कार्यरत एक नर्सका अनुसार कुनै आधिकारीका निणर्य नगरी ह्वाटसपमा पर्यवेक्षकले बताएका थिए । ‘ पर्यवेक्षकले भने कि, ४ सेप्टेम्बरदेखि काम गर्न नआउनु, । हामीले घरमा बसेर सोचिरहेका छौं अब के गर्ने ?’ उनले भनिन् ।

तस्बिर : गुगल

वि.सं.२०७६ भदौ २१ शनिवार १२:३६ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...