२१ भदौ, काठमाण्डौं । भारतीय क्रिकेटका कप्तान विराट कोहलीले वेष्ट इण्डिज खेलका क्रममा गरेको व्यक्तिगत प्रदर्शनको सबैले हाँसो उडाएका छन् । जसका कारण उनको नम्बर १ बल्लेबाजको ताज समेत छिनिएको भारतीय संचारमाध्यमले बताएका छन् ।
सेमि फाइनलको प्रतिश्पर्धामा हारेपछि वल्र्डकप खेलबाट बाहिरीएको टीम इण्डियाले वेष्ट इण्डिजसँगको खेलमा दमदार खेल प्रदर्शन गरेको थियो । विराट कोहलीको नेतृत्वमा भारतीय टीमले दुबै टेस्ट म्याच जितेर भारतको सफल कप्तान समेत बन्न सफल भएका थिए कोहली ।
तर, कोहलीको व्यक्तिगत प्रदर्शन भने त्यति राम्रो नरहेको भन्दै आलोचना गरिएको छ । जसमा आइसीसी टेस्ट र्याकिङ्गमा नम्बर १ रहेका कोहलीको बल्लेबाजको ताज छिनिएको छ । कोहली स्टीव स्मिथपछि दोश्रो नम्बरमा रहेको बताइएको छ ।

विराट कोहलीले खेल सकिएपछि सोशल मिडियामा एक फोटो पोस्ट गरेर आफ्ना प्रशंसकलाई निराश बनाइएको बताइएको छ । उनका प्रशसंकले यो बुझ्न सकेका छैनन् कि, उक्त फोटो कहाँ खिचिएको थियो । उक्त फोटोमा कोहली अन्डरवेयर मात्र लगाएर एक ढुंगामाथि बसेर फोटो खिचाएका छन् । जसमा उनले लेखेका छन् ‘जबसम्म हामी आफ्नो भित्र देख्छौं, हामीलाई बाहिर हेर्न जरुरी छैन ।’
उक्त फोटोलाई देखेर उनका प्रशंसकहरुले विभिन्न प्रकारका कमेन्ट लेखेका छन् । उक्त फोटोमा विकाश पठानियाले लेखेका छन् ‘के भयो, अनुष्काले घरबाट निकालिदिइन कि क्याहो त्यसैले त यस्तो हालत भयो ?’
वि.सं.२०७६ भदौ २१ शनिवार १२:०० मा प्रकाशित


























