२१ भाद्र, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रमका रिक्त कोटामा वर्गीकृत(निःशुल्क) छात्रवृत्ति भर्ना खुलाएको छ । सिटिइभिटीले यसअघि छात्रृवत्तिमा भर्ना हुन जान सिफारिस भएका मुख्य परीक्षार्थीहरु तोकिएको म्यादभित्र भर्ना हुन नगई रिक्त रहेको कोटाका लागि भर्नाको आह्वान गरेको हो ।
छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७४(दोस्रो संसोधन) बमोजिम वैकल्पिक/उर्तीण सूचीमा रहेका परिक्षार्थीहरुबाट परिषद्, प.नि.काबाट योग्यताक्रमानुसार मुख्य परीक्षार्थी छनौट गरी शिक्षण संस्था तोकि भर्नाका लागि सिफारिस गरी पठाउन सम्बन्धित शिक्षण संस्थालाई अनुरोध गरिएको छ । संस्थाहरुले रिक्त रहेको कार्यक्रम, तोकिएको मितिसम्म भर्ना हुन नजाने परीक्षार्थीको नाम, थर र लक्षित वर्गसमेत उल्लेख गरी सम्बन्धित प्रदश कार्यालयलाई लिखित जानकारी गराउन भनिएको छ । उक्त पत्र परिषद्, प.नि.का को इमेल oce.ctevt@gmail.com मा समेत बोधार्थ पठाउन अनुरोध गरिएको छ ।

त्यसैगरी सिटिइभिटी अन्तर्गतको लुम्बिनी इन्जिनियरिङ्ग कलेज मलबारी रुपन्देहीले डिप्लोमा इन इन्जिनियरिङ्गमा निःशुल्क छात्रवृत्तिको वैकल्पिक सूचिमा रहेका परीक्षार्थीहरुलाई निवेदन दिन सूचना जारी गरेको छ ।
वर्गीकृत निःशुल्क छात्रवृत्तिको कोटामा सिफारिस गरिएका परीक्षार्थीहरु तोकीएको म्याद भित्र भर्ना हुन नआइ रहेको रिटका लागि भर्ना हुन वैकिल्पक सूचिका परीक्षार्थीहरुलाई अनुरोध गरिएको छ । वैकल्पिक सूचीका विद्यार्थीहरु नआएको खण्डमा अन्य वर्गका परीक्षार्थीहरु मध्येबाट प्रवेश परीक्षाको योग्यताक्रमको आधारमा छनौट गर्नुपर्ने सूचनामा जनाइएको छ । डिप्लोमा इन सिभिलमा १२ जना, डिप्लोमा इन कम्प्युटरमा २९ जना र डिप्लोमा इन इलेक्ट्रिकलमा ३५ जना पूर्ण शुल्किय सिट रहेको र डिप्लोमा इन इलेक्ट्रिकलमा १ निःशुल्क सिट रहेको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ भदौ २१ शनिवार ११:५० मा प्रकाशित






























