back
CTIZAN AD

यस्तो छ एनआरएनए जर्मनीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका विजय मोक्तानको प्रतिवद्धता

वि.सं.२०७६ भदौ २१ शनिवार

696 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनअरएनए) जर्मनीको अध्यक्षमा विजय कुमार मोक्तानले पुन : उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी सेप्टेम्बर १४ मा हुन गइरहेको परिषद्को निर्वाचनका लागि वर्तमान अध्यक्ष विजय मोक्तानले पुन : उम्मेदवारी घोषणा गरेका हुन् ।

पुराना कार्यहरुलई निरन्तरता दिने उद्धेश्यसहित अधुरा कार्यलाई निरन्तरता दिने बताउँदै उनले प्रतिवद्धतामा बताएका छन् ।

यस्तो छ उनको प्रतिवद्धता

‘आदरणिय जर्मनी निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई हार्दिक नमस्कार ,
म पुन : तपाईंहरुको साथ र सहयोगको भर बिश्वास लिएर गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्षको पदमा उम्मेदवार बनेको छु । बिगतमा जस्तै यहाँहरुले दिएको सद्भावपुर्ण माया र भर बिश्वासले आफ्नो अमुल्य अभिमत दिएर गैर आवासीय नेपाली संघ जर्म्निलाई स्वच्छ, निष्पक्ष र पार्द्र्शिताको लागी ईमान्दार भइ कार्य गर्ने प्रतिबद्धता दोहोराउदछु । पुराना कार्यहरुको निरन्तरता र केही नयाँ कार्ययोजनाहरु लिएर आएको छु । यी सबै कार्ययोजनाहरुको कार्यान्वयन गर्न फेरी एकपटक मेरो पक्षमा १४ सेप्टेम्बर हुन गईरहेको गैर आवासीय नेपाली संघ जर्मनीको निर्वाचनमा मलाई मतदान गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।


हामीले सोचे जस्तो धेरै गर्न नसके पनि एउटा ऐतिहासिक निर्वाचित कार्यसमितिभित्र बिभिन्न बिचारको आस्था, क्षेत्र, लिङ्ग, धर्म र जातजाती तथा समुहहरुको प्रतिनिधित्व रहेको थियो । मेरो नेतृत्वले कहिले पनि असजिलो परिस्थिति उत्पन्न हुन दिएन । हामी सबै नयाँ दिशाबाट अगाडी बढनु पर्ने भएकोले समयमै धेरै सोचेका चाहेका कार्यहरु गर्न सकिएन तसर्थ अधुरा कार्यहरूलाई निरन्तरता दिन्दै केही नयाँ कार्ययोजनाहरु गर्न पुन ः म यसपटक पनि गैर आवासिय नेपाली संघ जर्मनीको अध्यक्ष पदमा तपाईंहरुकै साथ भरोसाको न्यानो मायाको विश्वासमा उम्मेदवार बनेको छु । मलाई एक पटक फेरी मौका दिन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’


विजय मोक्तान
निबर्तमान अध्यक्ष तथा
आगामी कार्यकाल २०१९–२०२१ अध्यक्षका उम्मेदवार

वि.सं.२०७६ भदौ २१ शनिवार ११:२६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...