Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए जर्मनीको अध्यक्षपदमा साउद, मोक्तान,सुवेदी र पोमुको उम्मेदवारी



4th

एनआरएनए जर्मनीको अध्यक्षमा रण बहादुर साउद, विजय मोक्तान, यज्ञ राज सुवेदी र प्रेम पोमुले  उम्मेदवारी दिएका छन् ।  यहि अगस्त १५ मा जर्मनीको ह्यामवर्गमा एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मलनमा २०१७–०१९ का लागि केसी, मोक्तान,सुवेदी र पोमुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अध्यक्षका उम्मदेवार विजय मोक्तान
जनसम्पर्क समिति जर्मनीका निर्वतमान सभापति समेत रहेका मोक्तान ढेड दशकदेखि जर्मनीको बोखुमा रहँदै आएका छन् । एनआरएनए जर्मनीका संस्थापक सदस्य समेत रहेका मोक्तानको नाम जनसम्पर्क समिति जर्मनीले नै प्रस्ताव गरेको जनाइएको छ ।
मोक्तानले एकपटक एनआरएनए जर्मनीको नेतृत्व लिएर संस्थालाई नयाँ ढंगबाट लिएर जाने तथा पारदर्शी बनाउने प्रतिबद्धता जाहेर ग गरेका मोक्तान २००९ मा जर्मनीबाट संघको आइसीसी उम्मेदवार बनेका थिए । तर, उनीसँगको सहमतिमा कुमार पन्तलाई आइसीसीको जिम्मेवारी दिइएको थियो ।
मोक्तानले हालका संरक्षक तथा तत्कालीन जर्मनीका अध्यक्ष दिल गुरुङको कार्यकालमा सांस्कृतिक संयोजकको भूमिका सम्हालेका थिए ।
२०१३–०१५ मा जर्मनीबासी नेपालीहरुले अध्यक्षका रुपमा हेर्न चाहेको भएपनि जर्मनीबासी नेपालीहरुलाई एकसुत्रमा बाध्नका लागि पनि आफूले अध्यक्ष पद छाडेर हरेन्द्र वनेमलाई अघि बढाएको बताएका छन् ।

 अध्यक्षका उम्मेदवार रण बहादुर साउद

यसैबीच एनआरएनए जर्मनीका हालका उपाध्यक्ष रण बहादुर साउदले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
९ वर्षदेखि एनआरएनएको विभिन्न पदमा रहेका काम गदै आएका तथा दुईपटकसम्म एनसीसी जर्मनीको उपाध्यक्ष समेत सम्हालिसकेका रण बहादुर साउदले ५ महिना अघि एनआरएनए जर्मनीका लागि आगामी २०१७–०१९ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेको दावि गरेका छन् ।
साउद भनेका छन् ‘अब सबैले मेरो काम र जिम्मेवारीको मूल्यांकन गर्ने बेला आएको छ । तपाइहरुको इच्छा र आंकाक्षालाई पुर्ति गर्ने अधिकार तपाइहरुको रहेकोले आगामी कार्यकाल तपाइहरुको एनआरएनए जर्मनीको नेतृत्वको जिम्मेवारी मलाई दिनुहुनेछ भन्ने ठूलो आसा र भरोसा गरेको छु ।’

उनले भनेका छन्, “आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुमा
हार्दिक नमस्कार
म रण बहादुर साउद जर्मनी निवासी । हजुरहरु सम्पूर्ण एनआरएन आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुको धेरै चिरपरिचीत व्यक्ति सबैलाई सर्वबिधितै छ । म २००९ साल देखि एनआरएनए जर्मनीमा आबद्ध रहेर आजसम्म एनआरएनए जर्मनीको निरन्तर गतिबिधिहरुको अभियानमा चारैजना अध्यक्ष तथा आईसीसीज्युहरुसित विभिन्न पदहरुको जिम्मेवारीको भूमिका निर्वाह गर्ने सुवर्ण मौका मिलेकामा म आफुलाई गर्वका साथ धेरै भाग्यमानी महसुश गरेकोछु ।
एनआरएनए जर्मनीको एलसिसी एनआरडब्लुको सहसंयोजकबाट सुरुवात गरेको एनआरएनए जर्मनीको यात्रा संस्थापक अध्यक्ष दिल गरुङ्ग (दिल दाई) को अध्यक्षता (२००९ र ०११० को कार्यकालमा म एनआरएन जर्मनीको कार्यकारिणी सदस्य, एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाको (२०११ र ०१३) कार्यकालमा युवा संयोजक, एनआरएनए जर्मनीको अध्यक्ष हरेन्द्र वनेमको कार्यकाल (२०१३–०१५) मा उपाध्यक्ष र हाल एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको कार्यकाल (२०१५–०१७) मा पनि फेरी उपाध्यक्षको जिम्मेवारीको भूमिका निर्वाह गरिरहेको छु ।
मैले एनआरएनए जर्मनीमा बिभिन्न पदहरुमा रहेर गरेको ८ बर्ष लामो जिम्मेवारीपूर्ण कार्य अनुभव र आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुको साथ सहायोग र आत्मीय समर्थनले मलाई अझ धेरै उर्जा प्रदान गरेकोछ । एनआरएनए जर्मनीको दैनिक गतिबिधिहरुका अभियानहरु निरन्तर रुपमा बहन गरिरहेको जिम्मेवारीहरुले मलाई कार्य क्षमातामा दक्षता र कार्यकुशलतामा अझ धेरै परिपक्कता बनाएको छ । एनआरएनए ग्वोबलको नीति निर्देशन, आदरणीय अग्रजहरुको आशिर्वाद र एनआरएनए जर्मनीका अभियन्ताहरुको सकृय प्रतिबद्धता तथा आदरणिय जर्मनी निवासी एनआरएन दाजुभाई दिदीबहिनिहरुको प्यारो हार्दिक साथ, सहयोग र समर्थनले मलाई आगामी दिनहरुको लागि धेरै शाहसिला प्रेरणाहरु मिलेका छन । एनआरएनए जर्मनीमा लगातार दुई कार्यकाल (२०१३ र०१५) र (२०१५ र ०१७) म उपाध्यक्षको जिम्मेवारी निर्वाह गरी सकेपछि बिधानत वा एनआरएनएको प्रचलन अनुसार तेश्रो पटक एकै पदमा बाहाल हुनसक्दैन । त्येसैले मैले एनआरएनए जर्मनीका सम्पूर्ण आदरणीय अग्रज तथा दाजुभाई र दिदीबहिनीहरुको सल्लाह एबम सुझाबहरु अनुसार २०१७ र ०१९ कार्यकालमा अध्यक्षपदको जिम्मेवारी लिएर जर्मनी निवासी सम्पूर्ण आदरणीय एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हित र अधिकारहरुको लागी “नेपालीका लागी नेपाली” र एकपटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएको प्रण वाणीका साथ एनआरएनए जर्मनीको अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेको जानकारी गराउदछु ।” धन्यवाद
प्रार्थी
रण बहादुर साउद
उपाध्यक्ष, एनआरएनए जर्मनी

अध्यक्षका उम्मेदवार प्रेम पोमु

 अध्यक्षका उम्मेदवार रहेका  प्रेम पोमुले एनआरएनए जर्मनीलाई पारदर्शी बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
एनआरएनएको सदस्य हुँदै महासचिव हुँदै हाल उपाध्यक्षको पद  समेत सम्हालिसकेका प्रेम पोमुले सुसभ्य र उदाहरणीय एनआरएन जर्मनी बनाउने सपना बोकेको बताउँदै ती योजनाहरु सम्पन्न गर्नको लागि अहिले नेतृत्वको दावी गर्ने साथीहरुलाई अनुकूल जिम्मेवारीमा संलग्न गराएर लैजाने तथा संस्थामा पारदर्शिताको ग्यारेण्टी समेत गरेका छन् ।
थप योग्य ब्यक्तिहरुलाई पनि जिम्मेवार बनाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जाहेर गरेका पोमुको घोषणापत्र जस्ताको तस्तै रहेको छ ।
‘आदरणिय जर्मनवासी नेपाली मित्रहरुमा नमस्कार ।
विश्वभर छरिएर रहेका नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल गैरआवासीय नेपाली संघ हो । १३ वर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले यस संघीय राज्य जर्मनीमा रहँदै आउनु भएका सम्पुर्ण नेपालीहरु माझ सफलताकासाथ आफ्नो पहिचान कायम गरिसकेको छ । हामि जर्मनवासी नेपालीहरुले यो संस्थाप्रति देखाएको अगाध स्नेह र विश्वासले नै १३ वर्षको अन्तरालमा यो उचाईमा पुग्न सकिएको हो ।
आपसमा जानकारी आदानप्रदान, दुःखसुख साटासाट साथै अवसर र चुनौतिको सामुहिक सामना गर्नु ,आपत् विपतमा सहयोग गर्न संघको अत्यन्तै ठुलो महत्व रहेको छ ।
हामि सामाजीक प्राणी भएकोले पनि समाजको लागी एक हौ भन्ने राष्ट्र भावनाका लागी यस संस्थाको आवश्यकता भएको ठहर गर्दै संस्थाका जन्मदाता हाम्रा अग्रजहरुका मेहनत र पसिनाले आर्जेको गरिमामय संस्थाभित्र रहेर निरन्तर रुपमा काम गर्न पाउदा म आफुलाई धेरै नै भाग्यशाली ठानेको छु ।
जसले समाजका लागि हिजो यस क्षेत्रमा योगदान दिनु भयो निश्चय नै वहाँहरुको सही मुल्यान्कन हुनुपर्दछ र वहाँहरु जस्ता हाम्रा अग्रजहरुलाई सम्मान गर्नु हाम्रो दायित्व पनि हो ।
एनआरएनलाई शुरुवात गर्नुहुने ब्यक्तिहरु स्वयं नै यसपटकको निर्वाचन कमिटीमा रहिदिनु भई अति खड्किएका महत्वपूर्ण चुनावी सिमाबन्धनका ब्यवस्थाहरु लागु गर्नु भएसंगै हामी उम्मेदवारहरुलाई थप चुनौतीपुर्ण चुनावी माहोल बन्दै गएकोछ ।
एनआरएनए जर्मनीको कार्यकाल २००८ देखी एलसिसी हाम्बर्गको कार्यकारी सदस्य,एनआरएनए जर्मनी राष्ट्रिय समन्वय परिषद एन सी सीको कार्यकारी सदस्य, महासचिव हुदै हाल उपाध्यक्षमा रहेर एनआरएनएका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउदै संघले सुम्पेका हरेक जिम्मेवारीहरु मैले इमान्दारी पुर्वक निर्वाह गरेको छु । विभिन्न सामाजिक कार्यहरु जस्तै विद्यालय,हस्पिटल स्थापना, पुस्तकालय संञ्चालन, सडक–पुल निर्मण, सरसफाई, खानेपानी, दैवीप्रकोप आदि परोपकारी क्षेत्रमा आफ्नो क्षमता बमोजिम आर्थिक रुपले सहयोग गर्दै आएको छु ।
एनआरएनकै कार्यक्रमको सिलसिलामा स्पेन, डेनमार्क, नेदरल्याण्ड, बेल्जियम, नेपाल लगायतका ठाउँहरुमा साथै सातौ विश्व सम्मेलनमा पनि सहभागी बनेको छु । समाजसेवाको लागि अहिले मेरो पारिवारिक वातावरण पनि अनुकुल भएकोले आगामी दुई वर्षको समय पूरै एनआरएन जर्मनीलाई दिन सक्छु भन्ने प्रतिवद्धताका साथ २०१७ र ०१९ को लागी एनआरएन जर्मनीको अध्यक्षको उम्मेदवार सहर्ष घोषणा गर्दछु ।
प्रजातान्त्रिक प्रकृयाबाट विजयी वा पराजयी हुन तयार छु ।
म अत्यन्तै उत्साहित छु । जर्मनीमा एकदमै धेरै कामहरु गर्न सकिन्छ । यस संस्थालाई अझ पारदर्शी र नियमितरुपमा आगाडी बढाएर लैजानका लागी थप नयाँ उर्जा प्राप्त गराउने विश्वास गराउन चाहान्छु ।
मेरो सुसभ्य र उदाहरणीय एनआरएन जर्मनी बनाउने सपना छ, ती योजनाहरु सम्पन्न गर्नको लागि अहिले नेतृत्वको दावी गर्ने साथीहरुलाई अनुकूल जिम्मेवारीमा संलग्न गराएर लैजाने छु । संस्थामा पारदर्शिताको ग्यारेण्टी गर्नेछु । र थप योग्य ब्यक्तिहरुलाई पनि जिम्मेवार बनाई अगाडि बढ्नेछु ।
एनआरएनका संस्थापक, सच्चा पहरेदारहरुलाई उच्च सम्मानको वातावरण बनाउनेछु । क्षेत्रीय समितिहरु अझ धेरै गठन गर्दै जानेछु । सबै समुदाय र क्षेत्रलाई एनआरएन साझा र छाता संगठन हो भन्ने अनुभूति गराउन फ्युजन काउन्सिल अवधारणालाई कार्यान्वयन गराउने छु । जर्मनीमा हुर्कंदै गरेका युवा तथा विद्यार्थीहरुलाई संलग्न गराई विभिन्न कल्याणकारी काम र नेपालप्रति युवाहरुलाई आस्थावान बनाउने छु । उलेख्य प्रगति गर्ने युवाहरुलाई प्रशंसा एवं सम्मान गर्नेछु । मेरो विशेष चासो नयाँ पुस्ता सापेक्ष एनआरएन बनाउने भन्नेमा केन्द्रीत हुनेछ । जर्मनीमा बसोबास गर्दै आएका नेपाली बालबालिकाहरुलाई हामी नेपाली हौ भन्ने भावना जागरण गराउन संघको सम्पुर्ण क्षेत्रीय समन्वय परिषदहरुमा नेपाली भाषा स्कुलको ब्यवास्था गरी कक्षा संञ्चालन गरेर लैजाने वातवरण तयार गर्ने छु । एनआरएनलाई ब्यक्तिले होइन विधिले नेतृत्व गर्ने वातावरण बनाउने छु । अध्ययनको सिलसिलामा आएका विद्यार्थी साथै औपेयरहरुलाई अभिभावकत्वस्वरुप आवश्यकीय यथासम्भव सहयोग गर्नेछु । नेपालको पर्यटन र ब्यवसायको लागी यथासक्दो पहल गर्नेछु । जर्मनीमा श्रमशोषण ब्यहोरिरहेकाहरुलाई सम्बन्धित तहमा आवाज पुर्याउन पहल गर्नेछु । पत्रकारहरुसंगको सहकार्यमा विभिन्न कल्याणकारी योजनाहरु गर्नेछु । जर्मनीमा रहेका दर्जनौ नेपाली संघ संस्थाहरुमध्ये संस्थाहरुको कल्याणकारी काम र पारदर्शितालाई आधार मानेर प्रत्येक वर्ष कम्तिमा १ संस्थालाई सम्मान गर्नेछु ।
अन्तमा, एनआरएन जर्मनीलाई गुटरहित, विवादरहित समावेशी र सन्तुलित बनाउने छु । म विजय हुँदा सबै जर्मनीवासीलाई विजय भएको महशुस गराउनेछु । एनआरएन जर्मनीलाई सम्झनुहोस्, एनआरएन जर्मनीको भविष्यलाई सम्झनुहोस् र त्यसको लागि मलाई उपयुक्त ठान्नुहुन्छ भने मलाई भोट दिनुहोस् ।
यसपटक एनआरएनको नेतृत्व चयनको सवाल भनेको समस्त जर्मनीमा बसोवास गर्ने नेपालीहरुको इज्जत र प्रतिष्ठासंग जोडिएको विषय हो । विगतमा केही तीतामिठा घट्नाहरु घटेपनि त्यसबाट पाठ सिक्दै यसपटक विधि प्रकृया बुझेकाहरुलाई नेतृत्व प्राप्त हुन सकोस्,केही न केही एनआरएनको लागि निरन्तर योगदान दिएका ब्यक्तिले नै नेतृत्व गर्दा यस संस्थाको उन्नति हुनेछ भन्ने विश्वास लिएको छु ।’

 अध्यक्षका उम्मेदवार यज्ञराज सुवेदी

यसैबीच अध्यक्षका अर्का उम्मेदवार यज्ञ राज सुवेदीले ‘खास उद्धेश्य प्राप्तिका लागि विशुद्ध सामाजिक संस्थाको रुपमा सामुहिक सहभागिता सहितको उत्तरदायियत्व बहन गर्नका लागि’ भन्दै अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

२५ वर्षदेखि जर्मनीमा रहदै आएका सुवेदीले ‘कहाँ, कसरी र के कति कारणले हामीले यस संस्थालाई यसको उद्देश्य अनुरुप विकसित गर्न सकेनौ भन्ने कुरालाई सबैले मनन गर्दै आगामी दिनहरुमा यहाँहरुको साथ, समर्थन र सहयोगको आशा गरेको छु ।’ जर्मनमा रहेका नेपाली समुदाय र एनआरएनए सदस्यलाई अपिल गर्दै भनेका छन् ।

सुवेदीले आफूले अध्यक्षको जिम्मेवारी पाएको खण्डमा दलीय राजनीतिको बाटोबाटनभएर संस्थाको हित र सामाजिक अनुक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना समेत अघि सारेको बताएका छन् ।

सुवेदीको घोषणापत्रमा भनिएको छ ‘साझा सहमती र एन आर एन ए जर्मनीलाई सबल बनाउन मेरो उमेदवारी आदरणीय जर्मनीवासी दिदी-बहिनी तथा दाज्यु-भाईहरु, विभिन्न पेशा र व्यवसायमा आवद्द अग्रजहरु, तथा प्रिय बिद्यार्थी भाई- बैनीहरु, म यज्ञराज सुबेदी ”सागर” विगत पच्चीस बर्षदेखि जर्मनीमा बसोबास गर्दै आइरहेको छु । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल उद्देश्यका साथ स्थापित गैह्र आवासीय नेपाली संघको स्थापनाकालदेखिनै प्रत्यक्ष रुपमा यस संस्थाको राष्ट्रिय समन्वय परिषद, जर्मनीसँग आवद्द रहेर एक कार्यकाल (सन् २००९ -२०११) को कार्यसमितिमा उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष समेतको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरें । साथै, जर्मनीका विभिन्न सामाजिक संघ -संस्थाहरुका कार्यसमिति भित्र रहेर निरन्तर रुपमा सामाजिक क्रियाकलापमा सहभागिता जनाईरहेको कुरा यहाँहरु समक्ष स्मरण गराउन चाहन्छु । गैह्र आवाशिय नेपाली संघ जर्मनीको आसन्न अधिवेशन १५ अगष्ट २०१७ का दिन हाम्बुर्ग शहरमा हुन लागेको यहाँहरुलाई थाहै छ ।

उक्त अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि नयाँ पदाधिकारीहरुको चयन गर्नेछ, जसमा तपाइँ हामी सम्पूर्णको आवाज, ईच्छा, समस्या तथा एन आर एन ए को समग्र विकास, सांगठनिक सुद्रिढिकरण र पारदर्शिताका लागि हामी सबैका सकारात्मक भावना र बिचारहरुको प्रतिनिधित्व हुनु अति नै आवश्यक भएको महशुस हामी सबैले गर्दै आएका छौं । हामी सबैको लागि केहि गरौं भन्ने स्वच्क्ष भावनाले, म आफ्नो व्यक्तिगत, पारिवारिक एवं व्यवसायिक समय र स्रोतको व्यवस्थापन गर्न सक्षम पृष्ठभूमिमा उभिएको जानकारि गराउन चाहन्छु । तपाई जर्मनी निवाशी अधिकांक्ष शुभेच्क्षुकहरुको सुझावलाईसमेत आदर गर्नुपर्छ भन्ने महसुस गरेर मेरो इच्छाशक्तिलाई हामी सबैका लागि प्रयोग गर्ने प्रतिवद्दता जाहेर गर्दै आगामी दुई बर्षे कार्यकाल २०१७-२०१९ का लागि गैह्र-आवासिय नेपाली संघ जर्मनीको अध्यक्ष पदको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने प्रण गर्दै यहाँहरु समक्ष उपस्थित भएको छु । स्थापनाकाल देखि वर्तमानसम्म एन आर एन ए जर्मनीको सांगठनिक स्वरूपका पानाहरु पल्टाएर हेर्दा हालसम्म एन आर एन ए जर्मनीमा ”दलिय सहमति ” प्रचलित भाषामा भन्नु पर्दा ”राजनैतिक सिन्डिकेट” रहँदै आएको जगजाहेर नै छ । जसका कारण आम जनमानसमा एन आर एन ए र यसको अभियानप्रति सबैको समान सहभागिता, इच्क्षा र संलग्नता हुन सकेको छैन ।

एन आर एन ए जर्मनीले विगतदेखि वर्तमानसम्म चालेका असल कामहरु मध्येपनि धेरै त राजनैतिक खिचातानीका कारण सँधै ओझेलमा पर्दै आएका छन् । संस्थाको पारदर्शिता र संस्थागत प्रक्रियाप्रति कार्यसमिति भित्रै पनि भिन्न मतहरुका कारण असहज परिस्थिति उत्पन्न भएको हामी सबैलाई अवगत नै छ । एन आर एन ए जर्मनीसँग सम्बद्ध एवं आस्थावान साथीहरु, हामीहरु कुनै न कुनै रुपमा गैह्र आवासीय संघसँग जोडिएका छौं । हामीहरुको हक, हित र अधिकारका निम्ति स्थापित एन आर एन ए को महत्व विश्वका ७६ देशहरुमा गठित राष्ट्रिय समन्वय परिषदहरु (एन सिसि) यसका प्रमाण हुन् । कुनै पनि संस्थाको सामाजिक उपस्थिति ओजपूर्ण हुनका लागि उत्कृष्ट कार्यसम्पादन एवं आर्थिक पारदर्शिता हुन जरुरि छ । संस्थागत प्रक्रिया र पद्धतिमा रहेर संस्थाले हामीमाझ अभिभावकीय भूमिका निर्वाह गर्ने क्रममा हामीहरुको तर्फबाट पनि रचनात्मक सहयोग र उपस्थिति जनाउनु हाम्रो कर्तब्य हुन आउँछ । हालसम्म जर्मनीमा एन आर एन ए अभियान हामीबीच के कसरि चलिरहेको छ भन्नेमा हामी जानकार नै छौं । यहि धरातलबाट खास-खास उद्देश्य प्राप्तिको लागि विशुद्द सामाजिक संस्थाको रुपमा सामुहिक उत्तरदायित्व वहन गर्नको लागि मेरो उम्मेदवारी प्रस्ततु भएको हो । कहाँ, कसरी र के कति कारणले हामीले यस संस्थालाई यसको उद्देश्य अनुरुप विकसित गर्न सकेनौ भन्ने कुरालाई सबैले मनन गर्दै आगामी दिनहरुमा यहाँहरुको साथ, समर्थन र सहयोगको आशा गरेको छु । म यहाँहरुकै माया, स्नेह, समर्थन, साह र संगतले यहाँसम्म आइपुगेको छु । नेत्रित्वकालागि तयार मेरो उर्जा भनेकोपनि यहाँहरुनै हुनुहुन्छ। त्यसैले फेरिपनि एन आर एन ए जर्मनीमा उदाहरणीय रुपमा प्रस्तुत हुन आफ्नो क्षमता र दक्षताका साथ सबैको साझा नेतृत्व गर्ने बिश्वास दिलाउँछु । मेरा प्रतिवद्दता र एन आर एन ए जर्मनीका लागि आगामी योजनाहरु सामाजिक संजाल मार्फत क्रमश: प्रस्तुत गर्नेछु ।’

यहाँहरु सबैको सहयोग र समर्थनको पूर्ण आशा सहित, धन्यवाद !

यज्ञराज सुवेदी

NRW Germany

उपाध्यक्षमा  सिग्देलको उम्मेदवारी 
एनआरएनए जर्मनीको उपाध्यक्षमा पदमा  राधा सिग्देल (किरण)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
सबै एनआरएनएको हितमा, सधै सबैका लागि समर्पित भएर लाग्ने आफ्नो प्रण रहेको बताएकी उपाध्यक्ष उम्मेदवार राधा सिग्देलले भनेकी छन् ‘सबै एनआरएनएको साझा हितमा, सधै सबैको लागि समर्पित भएर लाग्ने मेरा प्रण हो । मलाई दिनु भएको भोट खेर जाने छ्रैन् । म इमान्दारी र लगनताका साथ काम गरेर सावित गर्नेछु । सबैको साझा एनआरएनए मेरो प्रतिबद्धता ।’


kiran

त्यस्तै एनआरएनए जर्मनीको महिला संयोजकमा  भिमा नानी श्रेष्ठ र कोषाध्यक्षमा  पवित्रा खनालले पौडेलले उम्मेदवारी दिएको जनाएका छन् ।

bhima&khanal

उक्त अबसरमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, महिला संयोजक सपिलाराज भण्डारी, सहसंयोजक रजनी प्रधान, प्रमुखसंरक्षक रामप्रताप थापा, संरक्षक दिल गुरुङ, सल्लाहकार पुष्प थापा, युरोपका सहसंयोजक दावा शेर्पा निर्वाचन आयुक्त सन्तोष भट्टराई आइसीसी सुरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष हरेन्द्र वनेमको आतिथ्यतामा सम्पन्न हुन गइरहेको वर्तमान अध्यक्ष नवराज रोस्याराले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले