back
CTIZAN AD

नदीमा बग्दै गरेका दाजुभाइको उद्धार

वि.सं.२०७४ साउन २८ शनिवार

759 

shares

कञ्चनपुर, २८ साउन । वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताउनुभयो । “बगेको स्थानभन्दा झण्डै ७०० मिटर दक्षिणबाट दुवै जनालाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो ।

स्थानीयवासी जनकलाल चौधरीसहितको टोलीले दुवै जनालाई उद्धार गरेको बताइएको छ । नदीमा पुल नहँुदा यहाँका बासिन्दाले बाढी आएका बेला पनि नदी तर्नुपर्ने बाध्यता छ ।

वि.सं.२०७४ साउन २८ शनिवार ०५:२९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...