कांग्रेस शेरेले डुबायो मलाई सियरले डुबायो
बर्बादभो काठमाण्डौं बिध्यासुन्दर मियरले डुबायो
जनता लुट्दै गफ् चुट्दै राजनीतिमा लाग्नेहरु
नेता धनी भए देश बालुवाटार चियरले डुबायो
दिनभरी भाषण गर्दै समृद्धिका गफ छाट्नेहरु
रात परेपछि रेस्टुरेन्ट् ह्वीस्की अनि बियरले डुबायो
दिन दिनै देशको रिनको भार जन्तामाथी थुप्रदैछ्
चलाउन नसक्या होकी अर्थमन्त्रीको गियरले डुबायो
दूधको शक्षी बिरालो राखे पछि सरकारले
जति डुबायो देश यहाँ अख्तियारले डुबायो
वि.सं.२०७६ भदौ २१ शनिवार ११:०७ मा प्रकाशित






























